काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् । आज बिहान ७ बजे नै घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । घिसिङ काठमाडौं-३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् ।
राजनीति
चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार अपराह्न भेटवार्ता गरेकी छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे दुईजनाबीच कुरा भएको छ । त्यसैगरी बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनबारे प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन् । सरकारले बिहीबार देशभरका १६५ निर्वाचन क्षेत्रमा एकै चरणमा चुनाव गराउँदैछ। मौसमले पनि […]
निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त भण्डारीको आह्वान
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन् । निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उनले आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन् । ‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत […]
बागलुङमा मतदान अधिकृतको जिम्मेवारी खोसियो
बागलुङ । बागलुङमा निर्वाचनका लागि मतदानस्थलमा खटिएका मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । बागलुङ–२ स्थित गलकोट नगरपालिका–१० रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो । मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गलत अभिव्यक्ति दिएपछि गैरेको जिम्मेवारी खोसिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए । उनको अभिव्यक्ति र […]
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
काठमाडौँ । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधवार गृहसचिव राजकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक बसेको थियो । गृह सचिव श्रेष्ठले प्रजिअहरुसँग निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएका हुन् । करिब ३ घण्टा लामो बैठकमा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनको विषयमा […]
काठमाडौँको चपलीमा शङ्कास्पद बस्तु फेला : रातभर प्रहरीको पहरा, अहिले डिस्पोज गरिँदै
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर प्रेसर कुकरमा तार जोडेर छाडेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । सो बस्तु बम हो वा होक्स भन्ने यकिन नभएको एसपी भट्टराईले जानकारी दिए । मध्यराति फेला परेको शङ्कास्पद बस्तु […]
रास्वपा उम्मेदवार साहकाे उम्मेदवारी खारेज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह कमलको उम्म्देवारी खारेज गरिएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको हो। बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरिएको हो । यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट […]
भक्तपुर-२ मा रास्वपा आशावादी, एमाले काँग्रेस ढुक्क
संजीप घिमिरे, भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर– २ मा स्थानीयको मात्र नभई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय चासो रहेको छ। पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सचिव महेश बस्नेत उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा छ। जेन–जी बिद्रोहपछि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो गृहनगर सूर्यविनायक–७ गुण्डुमा आश्रय दिएर राजनीतिमा पुनस्र्थापित गर्न सफल बस्नेतको […]
महेश बस्नेतलाई स्वतन्त्र उम्मेदवारको समर्थन
भक्तपुर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नवीनकुमार महतले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन जनाएका छन् । उम्मेदवार महतले आफ्नो उम्मेदवारी फिर्ता लिदैं एमाले उम्मेदवार महेश बस्नेतलाई समर्थनको घोषणा गरेका हुन् । सूर्यविनायक नगरपालिका-१ सिरुटार बिरुवामा एमालेको प्रचारप्रसारमा समेत उनी देखिए । नेपाल एकता पार्टीका सस्थापक प्रवक्ता समेत […]
राष्ट्रिय स्वाधिनता खतरामा छ : पूर्व सभामुख सापकोटा
भक्तपुर । पूर्व सभामुख एवं नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रियता र राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताएका छन् । शनिवार भक्तपुर–२ मा नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “अहिले आत्मनिर्णयको अधिकार खोसिएको छ र पार्टीहरुको हातमा पहलकदमी छैन, नेकपा त्यसलाई पुनस्र्थापित गर्न नेतृत्वदायी भूमिका निभाइरहेको छ ।” देशमा भदौं २३ र २४ भन्दा […]











