चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार अपराह्न भेटवार्ता गरेकी छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे दुईजनाबीच कुरा भएको छ । त्यसैगरी बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनबारे प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन् ।

सरकारले बिहीबार देशभरका १६५ निर्वाचन क्षेत्रमा एकै चरणमा चुनाव गराउँदैछ। मौसमले पनि साथ दिने भएपछि सरकारले बिहीबार मतदान गरेर प्रत्यक्षतिरको नतिजा चाँडै ल्याउने जनाएको छ।