राष्ट्रिय स्वाधिनता खतरामा छ : पूर्व सभामुख सापकोटा

भक्तपुर । पूर्व सभामुख एवं नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रियता र राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताएका छन् । शनिवार भक्तपुर–२ मा नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “अहिले आत्मनिर्णयको अधिकार खोसिएको छ र पार्टीहरुको हातमा पहलकदमी छैन, नेकपा त्यसलाई पुनस्र्थापित गर्न नेतृत्वदायी भूमिका निभाइरहेको छ ।” देशमा भदौं २३ र २४ भन्दा […]

साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला

तेहरान/जेरुसेलम । इजराइल–अमेरिका र इरानबिचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप बढेको छ। यसैबिच, इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी ‘रास तनुरा’ मा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द भएको छ । रोयटर्सका अनुसार साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोको यो रिफाइनरीमा हमलापछि बन्द गरिएको छ । यसको क्षमता दैनिक करिब ५.५ देखि […]

यस्तो छ प्रधानमन्त्री कार्कीले देशबासीका नाममा गरेको सम्बोधन (पूर्णपाठ)

प्रधानमन्त्री सुशीला कार्कीले देशबासीका नाममा सम्बोधन गरेकी छन्। सोमबार मध्यान्हमा उनले आसन्न निर्वाचनको सम्बन्धमा विभिन्न निकायलाई धन्यवाद दिएकी छन्। उनले निर्वाचन सम्पन्न गराउनका लागि भूमिका खेलेको निर्वाचन आयोग, चारै वटा सुरक्षा संयन्त्र लगायतलाई धन्यवाद दिएकी हुन्। त्यस्तै मित्र राष्ट्रलाई पनि चुनाव गराउन सहयोग गरेको बताएकी हुन्। त्यसैगरी निर्वाचनको दिन सबै काम छाडेर मतदान गर्न पनि […]

आजदेखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने

काठमाडौं । यही फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु आज अपराह्नसम्म देशभरका सबै मतदान केन्द्रमा परिचालित हुने भएका छन्। निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुगिसक्न परिपत्र गरेको हो। दुर्गम तथा विकट भेगका मतदान केन्द्रमा भने सुरक्षाकर्मी सहितको टोली यसअघि नै पुगिसकेको आयोगले जनाएको छ। सुदूरपश्चिम र कर्णाली […]

पूर्वमन्त्री रञ्जितालाई थुनामै राख्नुपर्ने माग गर्दै अख्तियार पुग्यो सर्वोच्च

पोखरा । पोखराको लिचीबारी जग्गा प्रकरणमा नेकपाकी नेता तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामा राख्नुपर्ने माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ। विशेष अदालतको आदेश बदर हुनुपर्ने र थुनामै राखेर उनीमाथि अनुसन्धान गर्नुपर्ने भन्दै अख्तियारले आइतबार सर्वोच्च अदालतमा निवेदन दिएको हो। उनलाई फागुन १० गते (आइतबार) विशेष अदालतको न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त […]

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । आइतबार मात्रै प्रसाईं भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेका थिए । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रसाईं पछिल्लोपटक ४ […]

सरकारले भन्यो- मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा उच्च प्राथमिकतामा

काठमाडौं । मध्यपूर्वी देशहरूमा विकसित पछिल्लो घटनाक्रमपछि नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षा उच्च प्राथमिकतामा राखिएको बताउँदै त्यसका लागि विभिन्न कूटनीतिक तथा प्रशासनिक पहल सुरु गरेको जनाएको हो । परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव […]

रुपन्देही-२ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने

काठमाडौं । आफ्नो उम्मेदवार नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भएको छ । कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई मतदान गर्ने निर्णय भएको राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले जानकारी दिए । राप्रपाले २०७९ को […]

इरानमा रहेका सबै नेपाली सुरक्षित छन्: परराष्ट्र मन्त्रालय

काठमाडौँ । इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेका छन् । दुई जना आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए । आठ जना नेपाली अझै इरानमै छन् । उनीहरू सबै जना सुरक्षित छन् । उनीहरूसँग नेपाली दूतावास निरन्तर […]

आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आइतबार कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आयोग पुगेर आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा केही दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुको […]