महाँकालस्थित जनकल्याण माध्यमिक केन्द्रबाट कुलमान घिसिङले गरे मतदान

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् ।

आज बिहान ७ बजे नै घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

घिसिङ काठमाडौं-३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् ।