संसद् भवनमा सुविधासम्पन्न चमेना गृह

काठमाडौँ, ४ भदौ । नयाँ बानेश्वरस्थित संसद् भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण सम्पन्न भएको छ ।करीब छ महीना निर्माण अवधि तोकिएको चमेना गृह पाँच दिनअघि नै निर्माण सम्पन्न भई आज हस्तान्तरण गरियो । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले चमेना गृहको उद्घाटन गर्दै मुुलुकमा धेरैजसो आयोजना तोकिएको समयमा सम्पन्न नहुने समस्या देखिएका […]

थारू सम्मेलनमा नेकपा को असहमति

भजनी, ४ भदौ । यही भदौ ७, ८ र ९ गते हुने थरूहट÷थारूवान् राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा का भ्रातृ सङ्गठनले असहमति जनाएका छन् ।नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ सङ्गठन थारू राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारू सङ्घ जिल्ला समिति कैलालीले पत्रकार सम्मेलन गरी कार्यक्रममा सहभागी नहुने बताएका छन् । उनीहरूले भदौ ७, ८ […]

सरकार अधिनायकवादतर्फ उन्मुख छ : पूर्व मन्त्री बस्नेत

काठमाडौं, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन लागेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । सरकारले मिडिया काउन्सिल विधेयक पनि प्रेसविरोधी ल्याउन लागेको बस्नेतको आरोप थियो । क्लबका उपाध्यक्ष बैकुण्ठ ढुंगानाको सभापतित्वमा […]

सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि रोक्न माग

काठमाडौँ, ४ भदौ, सांसदहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने गतिविधिलाई तत्काल रोक्न र यस्ता क्रियाकलापमा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन ।राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनिहरुले राजतन्त्र पुनस्र्थापनाको सपना अब कसैले नदेखे हुन्छ भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबै एकजुट हुुनुपर्नेमा जोड दिए । सांसद बलराम बाँस्कोटाले भने “राजतन्त्र समाप्त […]

भारतका बाह्य मामिलामन्त्री राजधानीमा

काठमाडौँ, ४ भदौ । भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुगेका छन ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठकमा भाग लिन उहाँ आज बङ्गलादेशको ढाकाबाट राजधानी आइपुगेका हुन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा परराष्ट्रमन्त्रालयका सचिव शङ्करदास वैरागी र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत […]

नेपाली कम्युनिस्ट पार्टीहरू किन हुन्छन् उत्तर कोरिया, भेनेजुएला र क्युबा भनेपछि भुतुक्कै

नेपालबाट उत्तर कोरियाको प्योङ्याङ झन्डै चार हजार किलो मिटर टाढा छ। क्युबाको हवाना त्यसको तीनगुना र भेनेजुएलाको कराकस झन्डैझन्डै चारगुना पर पर्छ। राष्ट्रसङ्घको कडा नाकाबन्दी खेपिरहेको उत्तर कोरिया र अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेको भेनेजुएला र क्युबासँग नेपालका वामपन्थी दलहरू र नेताको हिमचिम छ। ती देशहरुसँग नेपालको सम्बन्धले बेलाबेलामा घरेलु राजनीतिलाई समेत तरङ्गित तुल्याउने गरेको छ। आफ्ना ठूला […]

जग्गा पास गर्न घुस मागेका मालपोत अधिकृत रङ्गेहात अख्तियारको फन्दामा

पाेखरा, ४ भदाै । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाइ घुस लिइरहेकाे अवस्थामा पक्राउ गरेको हाे । कुँवरले सेवाग्राहीबाट ५९ हजार घुस लगेका थिए । जग्गाकाे रजिष्ट्रेसन पास गर्न उनले उक्त रकम मागेकाे बताइएकाे छ । रजिष्ट्रेशन पास गर्नका लागि मालपाेत कार्यालयमा गएका ती सेवाग्राहीलाइ […]

राष्ट्रिय दिवस, संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप स् प्रधानमन्त्री ओली

काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका साथ मनाउन सबैमा आह्वान गरे ।ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा संविधान आएकाले यो राष्ट्रव्यापी साझा दिवसको विशेषता, व्यापकता र भव्यता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कसरी जनस्तरमै व्यापक बनाउन सकिन्छ, त्यसैगरी तयारी थाल्न आग्रह गरे । आज […]

सरुवामा परेका यी प्रधानमन्त्री कार्यालयदेखि प्रदेशका मुख्यसचिवसम्म (को कहाँ परे पूरा सूची)

काठमाडौं, ४ भदौ । सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले एकाएक सचिवहरुको सरुवा गरेको हो । कतिपय सचिवहरुको सरुवा सम्बन्धित मन्त्रीलाई जानकारी नदिएरै गरिएको भन्दै सोमवारको मन्त्रिपरिषदमा विवाद पनि भएको बताइएको छ । पछिल्लो समय मन्त्रालयहरुमा मन्त्री र सचिवका बीच कार्यसम्पादन सम्झौता गर्ने अभ्यासको थालनी गरेको छ । एक […]

नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि

काठमाडौँ, ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श हुनेछ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल […]