सरुवामा परेका यी प्रधानमन्त्री कार्यालयदेखि प्रदेशका मुख्यसचिवसम्म (को कहाँ परे पूरा सूची)

काठमाडौं, ४ भदौ । सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले एकाएक सचिवहरुको सरुवा गरेको हो । कतिपय सचिवहरुको सरुवा सम्बन्धित मन्त्रीलाई जानकारी नदिएरै गरिएको भन्दै सोमवारको मन्त्रिपरिषदमा विवाद पनि भएको बताइएको छ ।

पछिल्लो समय मन्त्रालयहरुमा मन्त्री र सचिवका बीच कार्यसम्पादन सम्झौता गर्ने अभ्यासको थालनी गरेको छ । एक महिना अघिदेखि यो प्रक्रिया थालिएको थियो । कार्यसम्पादन सम्झौता गरेको एक महिना समय पनि नबित्दै सचिवहरुको सरुवा भएपछि कर्मचारीहरुले यसमा आश्चर्य पनि व्यक्त गरेका छन् ।

यसअघि प्रधानमन्त्रीले पनि मन्त्रीहरुसँग गत साउन १५ गते एकवर्षे कार्यसम्पादन सम्झौता गरेका थिए । त्यसपछि मन्त्रीहरुले सचिवहरुसँग आफू अनुकूलको मितिमा सम्झौता गरेका थिए । सरुवा हुनेहरुमा प्रधानमन्त्री कार्यालयका सचिवदेखि प्रदेश मुख्य सचिवसम्म रहेका छन् ।

यसैगरी सरकारले चार जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बढुवा हुनेहरुमा तोयम राय, तोयनारायण ज्ञवाली, रवीन्द्र श्रेष्ठ र शिवहरि शर्मा छन् । राय र ज्ञवाली प्रशासन सेवाका तथा श्रेष्ठ र शर्मा इन्जिनियरिङ सेवाका हुन् ।

सरुवा हुने सचिवहरुकाे सूची यस्ताे छ

Loading...