शिक्षक सरुवा किन गरेको भन्दै नगरपालिका कार्यालय पूरै तोडफोड

रौतहट । शिक्षक सरुवाको विरोधमा कटहरिया नगरपालिका कार्यालयमा शुक्रबार विद्यार्थीले तोडफोड गरेका छन् ।

नगरपालिकाको कार्यालयको एक दर्जन कम्युटर, केही ल्यापटप, ५० बढी कुर्सी, दराज, सीसी क्यामरा तोडफोड गरेका हुन्। विद्यार्थीले झ्यालका सिसाहरु पनि तोडफोड गरेका छन्। उनीहरुले पन्जिकरण शाखा प्रमुख कौशल किशोर चौधरी र कार्यलय सहयोगी दिपेन्द्र साहलाई कुटपिटसमेत गरेका छन्।

नगर कार्यपालिकाको बिहीबारको बैठकले माध्यमिक विद्यालय भसेढवाका प्रधानाध्यापक राममंगलप्रसाद यादवसहित ९ जना शिक्षकलाई सरुवा गर्ने निर्णय गरेपछि आक्रोशित विद्यार्थीले शुक्रबार तोडफोड गरेका हुन्।

प्राथमिकका शिक्षक यादवले १५ वर्षदेखी माध्यमिक विद्यालयको प्रधानाध्यापक भइ काम गर्दै आएका थिए। दरबन्दी अनुसार मिलाउन खोज्दा सुनियोजित घटना भएको मेयर शियाराम कुश्वाहले बताए।

तोडफोडमा एक करोड भन्दा बढीको क्षति भएको नगरपालिकाले जनाएको छ।घटनाको आरोप लागेका प्रधानाध्यापक यादवले घटनाको बारेमा आफूलाई जानकारी नभएको बताएका छन्।

Loading...