प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन ।प्रधानमन्त्रीका साथमा उनकि धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद […]

राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहनुभएका भारतका बाह्य मामिलामन्त्री सुव्रमण्यम जयशङ्करले आज राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल […]

“नेकपा सचिवालयमा तत्काल सदस्य थपिँदैन”

काठमाडौँ, ५ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ ।यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन नेकपा एमाले मा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिनुपर्ने प्रस्ताव राखेका थिए […]

मुख्यमन्त्रीद्वारा साइकल वितरण

धनुषा, ५ भदौ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेको बताएका छन ।मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत धनुषाको बटेश्वर गाउँपालिकास्थित शिवशक्ति नमूना माविमा आज आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नारी सशक्तीकरण रहेको बताए । उनले भने “प्रदेशको समृद्धिका लागि सामाजिक रुपान्तरण […]

भारतले नेपाललाई दियो २ अर्ब ४५ करोडको एउटा चेक

काठमाडाैं । भारतले भूकम्प पुनर्निर्माणका २ अर्ब ४५ करोड रुपैयाँ शोधभर्ना नेपाललाई उपलब्ध गराएको छ। पाँचौँ नेपाल भारत संयुक्त आयोगमा बैठकमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्। बैठकमा नेपालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थिति थिए। भारतले ०७२ काे […]

डिभी परेपछि वडा अध्यक्ष छोडेर अमेरिका पुगेका घिसिङले अमेरिकाबाटै पठाए राजिनामा

काठमाडाैं । निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका छन्। पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएको इमेल गाउँपालिकामा पठाएका हुन्। तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन्। ‘वडाध्यक्षज्यूले इमेलबाट राजीनामा पत्र पठाउनुभएको […]

प्रचण्ड बल्ल बने पावरफुल अध्यक्ष

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको करिब १८ महिनापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल अध्यक्षतामा सचिवालय बैठक बस्ने बाटो खुलेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई उक्त भूमीका दिइएको हो । यस अघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा प्रचण्डले पार्टी बैठक चलाउन सक्ने भूमीका पाएका थिएनन […]

आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति

काठमाडौँ, ५ भदौ । राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले मनपरी ढङ्गले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् । सांसद विन्दादेवी आले रानाले सरकारले कार्यसम्पादनभन्दा पनि पार्टीगत विचारका आधारमा कर्मचारी बढुवा र सरुवा गरेको […]

नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौँ, ५ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनि सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले सांगठनिक एकताका बाँकी कामबारे […]

सत्तारुढ नेकपाले गर्यो भिम रावल, जनार्दनसहित ७ नेताहरुमाथि कारवाही

काठमाडौं, ४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका सात जना नेतामाथि कारवाहीको प्रक्रिया थालेको छ । पार्टीका विरुद्ध नै बोल्दै हिडन थालेको भन्दै उनीहरुमाथि कारवाहीको प्रक्रिया थालनी भएको हो । यसरी कारवाहीको प्रक्रियामा पर्नेहरुमा पार्टीको स्थायी समिति सदस्यदेखि केन्द्रीय सदस्यसम्म रहेका छन् । उनीहरुले पार्टीको नीति विपरीत सरकार र पार्टीकै नेतृत्वका […]