काठमाडौं । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ । नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले शाहीलाई हिरासतबाट मुक्त गरिएको बताइन् । उनले भनिन्, ‘आइन्दा अभद्र व्यवहार नगर्ने सर्त […]
राजनीति
योगेश भट्टराईः मन्त्रीका कारण विमान उडानमा भएको विलम्बले उब्जाएका प्रश्न
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण शनिवार एउटा विमान समयमा नउडेपछि यात्रुहरूले गरेको विरोधबारे अहिले निकै चर्चा भएको छ। खासगरी सामाजिक सञ्जालमा त्यसबारे विभिन्न खाले टीकाटिप्पणी भइरहेका छन्। कतिपयले त्यसलाई ‘स्वाभाविक आक्रोश’का रूपमा लिएका छन् भने कतिपयले मन्त्रीसँग गरिएको ‘अशोभनीय व्यवहार’ भनेका छन्। उड्डयनविज्ञहरूका अनुसार नेपालमा मन्त्री, नेता आदि विशिष्ट व्यक्तिका कारण आन्तरिक […]
गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार, पक्रन खोज्दा गोली चलाउने नदीमा हामफाले
अछाम, २९ भदौ । अछाममा एक गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई लक्षित गरी आइतबार साँझ ७ बजेतिर गोली प्रहार भएको हाे । गाउँपालिकाको सेन्टर मुजाबगरमा रहेको आफ्नै कोठामा बसिरहेको अवस्थामा साउदमाथि गाेली हानिएको प्रहरीले जनाएको छ। तर, गाेली कसले किन चलाएकाे हाे भन्ने अहिलेसम्म थाहा हुनसकेकाे छैन […]
भूमिसम्बन्धी विधेयकमाथि काङ्ग्रेसको फरक मत
काठमाडौँ, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिसमक्ष भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, २०७५ भएका संशोधनमाथि फरक मत दर्ता गराएको छ । भूमिसम्बन्धी विधेयक र प्रतिनिधिसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन २०७६ मा भएका संशोधनमाथि सांसदहरु जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थका तर्फबाट फरक मत राखिएको हो । […]
खजुरा घटनालाई सरकारले गम्भीररुपमा लिएको छ: गृहमन्त्री
काठमाडौँ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापाले भदौ २६ गते बिहीबार खजुरा गाउँपालिका–१ सीतापुरमा घटेको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताए । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक तथा सांसदहरुले उठाएका जिज्ञासाका सम्बन्धभा जवाफ दिँदै गृहमन्त्री थापाले घटनामा संलग्न निर्मल खत्री र रोशन ठकुरीलाई यही भदौ २८ गते राति २ बजे […]
काङ्ग्रेस जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा
काठमाडौँ २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत र महासचिव भूपेन्द्रजङ्ग शाही दुवैले एकअर्कालाई विज्ञप्तिमार्फत दलको साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको विज्ञप्ति सार्वजनिक गरेपछि सङ्गठन भित्रको विवाद छताछुल्ल देखिएको […]
पत्रकारले नै गरे ज्ञानेन्द्रमाथि हातपात ! योगेश विरुद्ध बोल्दा पक्रिए फेरि ज्ञानेन्द्र शाही
काठमाडौं, २९ भदौ । पर्यटनमन्त्री योगेश भट्टराईलाई जहाजभित्रै थर्काउने ज्ञानेन्द्र शाही पुनः पक्राउ परेका छन् । कुपण्डोलस्थित नेपालीका लागि नेपाली अभियानको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनबाटै उनलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । शनिवार नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन डिले भएको भन्दै शाहीले जहाजभित्रै मन्त्रीलाई झपारेको भिडियो […]
चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ: अध्यक्ष दाहाल
काठमाडौँ, २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ बिआरआई सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताए । नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘बिआरआई संवाद’ मा अध्यक्ष दाहालले यसमा कुनै सैन्य गठबन्धनको गन्ध नभएको […]
राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने: मुख्यमन्त्री राई
विराटनगर, २९ भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा र राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने बताए । नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजिक प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताए । मुख्यमन्त्री राईले देश निर्माणको पहिलो सर्त शान्तिसुरक्षा, […]
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री घिमिरे
इटहरी, २९ भदौ । प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताए । आइतबार इटहरी उपमहानगरपालिका–२० तरहरास्थित राष्ट्रिय जनसहयोग क्याम्पसको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश नं १ […]








