संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार बुधबार […]

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।सरकारले आगामी चैत १९ गते दिउँसो २ बजे बस्नेगरी […]

ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदैछ । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश […]

नेकपा संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी संसदीय दलको नेता चयन भएका छन् । आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको नेता युवराज दुलाले जानकारी दिए । त्यस्तै दलको उपनेता भने पछि चयन गर्ने सहमति भएको सो पार्टीले जनाएको छ । फागुन २१ मा सम्पन्न […]

ओली र लेखकमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो १० दिन म्याद

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो । आज दर्ता भएको रिटमाथि बहस भने सोमबार हुनेछ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा […]

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ परेका उनलाई प्रहरीले आज अदालत उपस्थित गराएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा तीन प्रहरीसहित ७६ जनाको ज्यान गएको घटनामा जिम्मेवार ठहर गरी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली […]

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको […]

आज अदालत खुल्नासाथै ओली र लेखकलाई उपस्थित गराइँदै

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत लगिँदै छ । शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित गराइएको थिएन । आज भने दुवै नेतालाई अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ । गत भदौ २३–२४ गते जेनजी […]

ओली–लेखक पक्राउबारे बोल्यो नेकपा– राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस्

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सरकारले कुनै पनि कमद चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन गर्न नहुने धारणा राखेको छ। नेकपाले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको पहिलो बैठकबाट भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको हो। भदौ […]

बालेन सरकारको निर्णय र कारवाही शैली ‘सेलेक्टिभ’ अनि पूर्वाग्रही, तत्काल आन्दोलन गर्दैनौं : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले २०८२ भदौ २३ र २४ गतेका घटनाका दोषीमाथि गरिने कारबाही उत्तेजना र आवेगमा आएर नभई कानुनी प्रक्रिया बमोजिम हुनुपर्नेमा जोड दिएको छ । पार्टीले सरकारको पछिल्लो निर्णय र कारवाहीको शैलीलाई ‘सेलेक्टिभ’ र पूर्वाग्रही भन्दै यसले विधिको शासन कमजोर बनाउन सक्ने चेतावनी दिएको छ । पार्टी प्रवक्ता देवराज चालिसेद्वारा शनिबार जारी प्रेस […]