चार निर्णय गर्दै एमाले सचिवालय बैठक सकियो, ओली पक्राउको सशक्त प्रतिबाद गर्ने

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै प्रतिवाद गर्ने निर्णय गरेको हो । एमाले सचिव महेश बस्नेतका अनुसार प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने लगायतका […]

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकबारे जाँचबुझ आयोगले के भनेको थियो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहानै पक्राउ परेका छन् । उनलाई जेनजी आन्दोलनका क्रममा भएका घटनाको जिम्मेवार बनाइएको छ । त्यही अभियोगमा उनलाई पक्राउ गरेर अहिले स्वास्थ्य परिक्षणका लागि तिचिङ्ग लगिएको छ । उनलाई पक्राउ गर्ने मुख्य आधार गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनलाई बनाइएको छ । उक्त प्रतिवेदनले ओलीबारे यस्तो […]

मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारकाे प्रवक्तामा नियुक्त गर्ने निर्णय गरिएकाे छ । बैठकका निर्णय सार्वजनिक गर्दै उनले गत भदौ २३ र […]

बालेन सरकारको पहिलो निर्णय : कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति […]

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकका लागि पदभार ग्रहणको काम सकेर प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।  लगत्तै धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त […]

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ । केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाइएको छ । बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए […]

पदभार ग्रहण गर्दै गृहमन्त्री सुधन गुरुङले भने : कम बोल्ने मान्छे हुँ, एक्सनमा जान्छु

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणपछि मन्त्रालयबाट बाहिरिएका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् । उनी पदभार ग्रहण कार्यक्रम सकेर केहीबेर अघिमात्रै मन्त्रालयबाट निस्किएका छन् । उनी मन्त्रालयबाट निस्कंदा आफैंले गाडी चलाएर निस्किए । उनले आफ्नै व्यक्तिगत गाडी लिएर मन्त्रालयबाट निस्किएका हुन् । गृहमन्त्री […]

रास्वपा वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। उनले आजै शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिनेछन्, जसमा विभिन्न विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ। काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई […]

देशले आज नयाँ प्रधानमन्त्री पाउँदै, शुभ साइतमा बालेनको सपथ

काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । सुभ साइत पारेर दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । बुर्लाकोटीका […]

रास्वपा संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्रीको शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ। बिहीबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले शाहलाई दलको नेता बनाउने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। शाह दलको नेता चयन भएसँगै प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। यसैक्रममा, […]