काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारीछ । सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा सांसदहरूको शपथ ग्रहण समारोह सम्पन्न भएलगत्तै रास्वपाका सांसदहरू बनस्थलीस्थित केन्द्रीय कार्यालय बनस्थली पुगेका थिए । बैठकमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउनेबारे छलफल हुने बताइएको छ । केन्द्रीय समितिले यसबारे निर्णय गरेलगत्तै पार्टीको संसदीय दलको बैठक पनि बस्नेछ । […]
राजनीति
सांसदहरुको सपथ ग्रहणपछि ओलीले भने : निर्वाचन परिणाम अनपेक्षित, अपत्यारिलो र जादुमय
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी गरेका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । ‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको […]
जेनजी आन्दोलनका मृतक परिवारका २५ जनाको यस्तो छ बयान (पूर्णपाठ)
काठमाडौँ । भदौ २३ र २४ गते सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै सडकमा ओर्लिएका जेनजी युवाहरूमाथि राज्यले दमन गर्दा ७६ जनाको मृत्यु भयो । जेनजी आन्दोलनमा मारिएका युवाहरूको परिवारले सोही घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको घटना विवरण कागजमा सुरक्षाकर्मीले कुनै चेतावनी नै नदिई निहत्था नागरिकको सिधै टाउको, छाती र […]
सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्छौं : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले पार्टीले सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्ने नीति लिएको बताएका छन् । शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘हामी प्रतिपक्षमा रहन्छौँ । हामीले पाएको म्यान्डेट नै यही हो । तर, रचनात्मक र आलोचनात्मक समर्थन रहन्छ,’ उनले […]
रास्वपा केन्द्रीय समिति बैठक आज, लगत्तै दलको नेता छान्न संसदीय दलको बैठक बस्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । सो बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची छ । रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्नका लागि आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको हो । गत पुस १३ गते काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख […]
असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय
काठमाडाैँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौँमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो । महाधिवेशन अन्तर्गत भाद्र ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ । […]
नख्खु कारागारका जेलरको बयान- त्रासमा पारेर रविलाई छाड्ने अज्ञात पत्रमा हस्ताक्षर गराइयो
काठमाडौं । ललितपुरको नख्खु कारागारका जेलर सत्यराम जोशीले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट छाड्नका लागि एक अज्ञात पत्रमा आफूलाई हस्ताक्षर गर्न बाध्य बनाइएको बताएका छन् । गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन । जनआस्था साप्ताहिकको अनलाइन संस्करणले श्रृङ्खलाबद्ध रुपमा प्रतिवेदनका विषयवस्तु सार्वजनिक गरेको छ । […]
संसद् सचिवालय पुगेर प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् । उनले आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गरेका थिए । शपथ लगत्तै उनी सिंहदरबारस्थित संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन […]
जेन-जी आन्दोलन : ओली, लेखक र खापुङलाई १० वर्षसम्म कैद गर्न आयोगको सिफारिस
काठमाडौं । गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र विध्वंशको घटना छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वको आयोगको प्रतिवेदन अझैसम्म सार्वजनिक भएको छैन । उक्त आयोगले गत फागुन २४ गते नै प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदन अझैसम्म गोप्य राखिएको छ। प्रधानमन्त्री कार्कीले बालुवाटार छाड्न लाग्दासमेत उक्त प्रतिवेदन गोप्य राखिएको छ । […]
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिबाट लिए शपथ
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । उनी ७८ वर्षका छन् । केसीले राष्ट्रपतिबाट सपथ […]











