संसद सचिवालयले भन्यो : रवि लामिछानेलाई संसद प्रवेशमा कुनै रोकतोक छैन

काठमाडौँ । संघीय संसद सचिवालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछानेलाई संसद प्रवेशमा कुनै रोकतोक नभएको जनाएको छ। लामिछाने फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट निर्वाचित भएका थिए। उनीविरूद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ। अघिल्लो प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि लामिछानेलाई तत्कालिन सभामुख देवराज […]

आजदेखि संसद् अधिवेशन, यस्तो छ प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहूद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए […]

अनुशासन उल्लंघनको आरोप लागेकालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिलाई ७ दिनभित्र स्पष्टीकरण सोधेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन आयोगको बैठकले ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय गरेको हो । ‘छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लंघन गरिएको भनी आरोप लागेका व्यक्तिबाट ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय […]

सहमति जुट्न नसकेपछि एमाले संसदीय दलको नेता छान्न निर्वाचन, थापा र नेम्वाङ प्रतिस्पर्धामा

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो । एमाले सांसद ऐन महरले संसदीय नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र युवा नेता सुहाङ नेम्वाङको दाबी रहेको तर सहमति जुट्न नसक्दा चुनावमा जाने निर्णय भएको बताए । […]

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा ६ विषयमा छलफल

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलको बैठकमा ६ विषयमा छलफल भएको छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा रहेको महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बुधबार बसेको बैठकमा सभामुखको निर्वाचनसहितका ६ विषयमा कुराकानी भएको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि संसद् […]

सभामुखको निर्वाचन २२ चैतमा, पर्सि मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि पर्सि २० गते गर्नेगरी प्रस्ताव गरिएको राप्रपा सांसद खुश्बु ओलीले जानकारी दिइन् । ‘मनोनयन दर्ता पर्सिका लागि हुने कुरा भएको छ । निर्वाचन चाहीँ २२ गते गरेर सोही दिन पदवाहली पनि गर्ने कुरा भएको […]

नेपाली कांग्रेसको अनुशासन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज दिउँसो १ बजेका लागि अनुशासन समिति बैठक बोलाइएको जानकारी दिए । ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक २०८२ चैत्र १८ गते बुधबार दिनको १ः ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर […]

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी […]

देउवा पक्षको भेलालाई लक्ष्य गर्दै कांग्रेस प्रवक्ताले भने- समानान्तर गतिविधिले पार्टीलाई न्याय गर्दैन

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले काठमाडौंको धुम्बाराहीमा आज राखेको भेलालाई लक्ष्य गर्दै समानान्तर गतिविधिले पार्टीलाई न्याय नगर्ने बताएका छन्। आज नेता पूर्णबहादुर खड्काको नेतृत्वमा देउवा पक्षको भेला भएको छ। देउवा भने विदेशमा छन्। उक्त भेलामा नेता शेखर कोइराला पनि सहभागी छन्। त्यसतर्फ लक्ष्य गर्दै प्रवक्ता चालिसेले पार्टी अनुशासन सबैले […]

मधेश केन्द्रित नेताहरूसँग संवाद्‍मा रवि लामिछाने, ठाकुर र साहसँग छुट्टाछुट्टै भेटघाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मधेश केन्द्रित नेताहरूसँग संवाद् थालेका छन् । उनले मंगलबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहसँग छुट्टाछुट्टै भेटघाट गरे । रास्वपा सभापति लामिछानेलाई भेट्न लोसपाका अध्यक्ष ठाकुर उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा वर्तमान राजनीति, मधेशको विकास र […]