इरानमा रहेका सबै नेपाली सुरक्षित छन्: परराष्ट्र मन्त्रालय

काठमाडौँ । इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेका छन् । दुई जना आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए । आठ जना नेपाली अझै इरानमै छन् । उनीहरू सबै जना सुरक्षित छन् । उनीहरूसँग नेपाली दूतावास निरन्तर […]

आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आइतबार कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आयोग पुगेर आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा केही दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुको […]

फेरी पक्राउ परे दुर्गा प्रसाईँ

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हाे । प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ । उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताए । पछिल्लो समय चुनाव बिथोल्ने भूमिका […]

प्रलोपाले गोरखाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसलाई सघाउने

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गोरखामा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आबद्ध पार्टीले गोरखाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका उम्मदवारलाई सघाउने निर्णय गरेको हो। कांग्रेसबाट गोरखा-१ मा प्रेमकुमार खत्री र २ मा प्रकाशचन्द्र दवाडी उम्मेदवार छन्। समानुपातिकतर्फ भने आँखा चिह्नमै मतदान गर्ने निर्णय […]

यूएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतवासको आग्रह

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । दूतावासले एक विज्ञप्ति जारी गर्दै यूएई सरकार तथा नेपाली दूतावास/महावाणिज्य दूतावासले जारी गरेका सुरक्षा […]

मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदान केन्द्रमै प्राथमिक स्वास्थ्य उपचार सेवा सुनिश्चित गर्न निर्देशन दिएको छ।  यही फागुन २१ गते हुने मतदानका दिन मतदातादेखि निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीसम्मलाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सेवाको व्यवस्था गर्न सरोकारवाला निकायलाई आयोगले आग्रह गरेको हो। आयोगका अनुसार उक्त दिन देशभर १० हजार ९६७ […]

मधेशका ४ जिल्लाका आज गगन थापाको चुनावी सभा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज (शनिबार) मधेश प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् । उनले सर्लाही, रौतहट, बारा र पर्सामा हुन गइरहेका चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।चुनावी सभाहरूमा जाने क्रममा सभापति थापा रोड शोमा पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ । सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, […]

प्रचण्डले आज रोल्पाबाट चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्दै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् । रोल्पा सदरमुकाम लिबाङस्थित टुँडिखेलमा शनिबार उनले २१ फागुनको चुनावका लागि सार्वजनिक अपिल गर्ने भएका हुन् । चुनावअघि देशभर कुनै ठूला कार्यक्रम नरहेका र रोल्पाबाट सार्वजनिक सन्देशसहित सम्बोधन गर्ने पूर्वप्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डको सम्बोधनलाई […]

कांग्रेसको प्रस्ताव : फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबिच बहस गरौँ

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाहरूबिच फागुन १८ गते खुलामञ्चमा बहसको प्रस्ताव गरेको छ । होलीकाे दिन सँगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५ वर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहस गर्ने प्रस्ताव गरेको हो । नेपाली कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति विश्वप्रकाश शर्माले […]

कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको टिप्पणी गरेका छन् । शुक्रबार नुवाकोट र काठमाडौंका पार्टी नेताकार्यकर्ताको उपस्थिति काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सामान्य निर्वाचन नभएकाले जीवन–मरणका रूपमा लिएर काम गर्न आग्रह गरे । ‘यो विशिष्ठ प्रकृतिको निर्वाचन हो । यो निर्वाचन […]