काठमाडौं । सत्तारूढ दल नेकपा(एमाले) ले दोस्रो विधान महाधिवेशनको नारा तय गरेको छ। महाधिवेशनका लागि “निर्णायक राष्ट्रिय शक्ति निर्माण–हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली–हाम्रो गन्तव्य” भन्ने नारा तय गरिएको हो । भाद्र २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशन महत्वपूर्ण हुने बताइएको छ । ललितपुरको गोदावरीमा हुने महाधिवेशन प्रतिनिधिका लागि डिजिटल प्रवेश पासको ब्यवस्था मिलाइएको […]
राजनीति
एमाले केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने प्रयोजनका लागि १३ भदौमा बैठक तोकिएको थियो । तर अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो । ‘आजसम्म […]
झुटा समाचार, आवाज एवं स्टाटस फैलाएर मेरो बदनामी गर्न खोजियो- वाग्ले
काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भारतसंग सीमासम्बन्धि विवाद गर्नु नहुने र भारत नेपालको भाग्यविधाता भएको भनेका भ्रमपूर्ण सामाग्री सामाजिक संजालमा भाइरल भएका छन् । यस्ता अभिव्यक्ति आफूले नदिएको उनले स्पष्ट पारेका छन् । क्यानाडाको नियगरा फल्सबाट मंगलवार फेसबुक भिडियो पोस्ट गर्दै वाग्लेले आफू डिप फेक (deepfake) प्रविधिको सिकार भएको खुलासा […]
भदौ ११ गते राज्य व्यवस्था समिति सभापतिको निर्वाचन हुने
काठमाडौँ । संघीय संसद सचिवालयले राज्य व्यवस्था समितिको सभापति चयनका लागि निर्वाचन सम्बन्धी सूचना प्रकाशन गरेको छ। सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि सभापति चयनका लागि तोकेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसँग त्रुटिको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि […]
हरिसिद्धी पुगेर प्रचण्डले भेटे विप्लव, के भयो कुराकानी ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि प्रचण्ड विप्लव निवास हरिसिद्धी पुगेका थिए । उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको थियो । उनीहरुबीच करिब ५० मिनेट भेटवार्ता भएको एक नेताले बताए । गत साउन १६ गतेदेखि १९ […]
विधायन समितिको बैठक बस्दै, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे छलफल हुने
काठमाडौँ। आज सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । दिउँसो २ः३० बजे बस्ने तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची रहेकाे छ । सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो । जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, […]
राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले सोमबार बिहान बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए । बैठक सोमबार बिहान १० बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने […]
पर्वतारोहण संघमा काँग्रेस–एमाले गठबन्धन पराजित, माओवादी–रास्वपा समर्थित समूह विजयी
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को ताजा निर्वाचनमा सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमालेका साथै विपक्षी दल नेकपा एकीकृत समाजवादी समेत सम्मीलित संयुक्त गठबन्धन पराजित भएको छ । चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन पाएको फुर्वा गेल्जे शेर्पा नेतृत्वको समूहले विजयी परिणाम हात पारेको हो । गएराति […]
सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने जसपाको निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टीले संघीय सरकारमा पार्टीका तर्फबाट सहभागी दुई जना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी गरेको छ। पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागिएको हो। ‘सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सुरूमै एक वर्षका लागि मात्रै […]
जनार्दन शर्मा भन्छन् : कानुन नै चोरी हुने संसद्मा बेकार आइएछ जस्तो लाग्छ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसद्मा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफू अन्तरिक कालदेखि निरन्तर संसद्मा रहेको बताउँदै पछिल्लो समय किन संसद्मा आइएछ भनेर आत्मग्लानी हुने गरेको बताए । ‘म त अन्तरिम कालदेखि संसद्मा निरन्तर छु […]











