दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ। निर्धारित कार्यसूचीअनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ। यस्तै […]

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् । प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीसहितको टोली भदौ १८ गते […]

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे सदनलाई गराए जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले आफू भदौ १४ गतेदेखि १८ गतेसम्म चीनका राष्ट्रपति सी जिन पिङको निमन्त्रणा चीनमा जान लागेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै आफू चीन जाने कार्यक्रमबारे जानकारी गराएका छन् । तियानमेनमा आयोजना हुने शाङ्घाइ शिखर सम्मेलनमा सहभागी हुन लागेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति पिङसँग भेट गर्ने जानकारी दिए । सम्मेलनमा […]

रेशमको अभिव्यक्तिप्रति थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिको आपत्ति

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीले दिएको अभिव्यक्तिप्रति थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिले कडा आपत्ति जनाएको छ। नेपाल मगर सङ्घले आयोजना गरेको स्व. गोरेबहादुर खपाङ्गी मगरको ९औँ स्मृति दिवसका क्रममा चौधरीले ‘मलाई थारु नेताहरूले झ्यालखाना पठाए’ भन्ने आरोप लगाएका थिए । समितिले चौधरीको आरोपलाई निराधार, कपोकल्पित र थारु आन्दोलनको मर्म विपरीतको राजनीतिक […]

विद्या भण्डारीलाई अध्यक्ष बनाउने ओलीको सहमति थियो तर चीन भ्रमणपछि के-के भयो: प्रचण्ड

Prachanda

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधान र कानुनले नरोक्ने बताएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीमा सक्रिय हुन सदस्यता नवीकरण गरे पनि साउनको केन्द्रीय कमिटी बैठकले उक्त सदस्यता खारेज गरिदिएको थियो। पूर्वराष्ट्रपति राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय छ। ‘विश्वमा धेरै उदाहरण छन्- जो राष्ट्रपति, प्रधानमन्त्री भएपछि […]

ओलीको सचिवालयले भन्यो- विद्या भण्डारीबारे प्रधानमन्त्रीले बोल्दै नबोलेका कुरा बाहिर ल्याएको देखियो

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले प्रधानमन्त्रीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे बोल्दै नबोलेका कुरा बाहिर ल्याइएको देखिएको बताएको छ। ओलीले बालुवाटारमा बुधबार साँझ काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफल गरेका थिए। उक्त छलफलमा प्रधानमन्त्री ओलीले ‘विद्या भण्डारीबाहेक एमालेमा मलाई कसैले चुनौती दिन सक्दैन’ भनेको विषय बाहिर आएको थियो। ‘विद्याजीबाहेक […]

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको चीन भ्रमण र कार्यक्रमबारे जानकारी दिएको हो। प्रधानमन्त्री ओलीले यही भदौ १४ गतेदेखि १८ गतेसम्म चीन भ्रमण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली सांघाई सहयोग शिखर सम्मेलनमा भाग लिन चीन जान लागेका हुन्। उनले भ्रमणका दौरान […]

पक्राउ पुर्जी जारी भएपछि एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित

काठमाडौँ । एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित भएका छन् । साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै बुधबार उनी प्रहरीमा उपस्थित भएका हुन् । यसअघि साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन् । महरविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएसँगै […]

राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले लिइन् शपथ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ गराएका हुन् । समिति सभापतिमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी थिइन् । यसअघिका सभापति रामहरि […]

प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी मुद्दा- समर्थन फिर्ताको कागजात झिकाउन अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत सम्बन्धी विवाद मुद्दामा समर्थन फिर्ता लिएको कागजात झिकाउने आदेश गरेको छ । अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनस् समर्थन गरेको पत्र […]