काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। जारी सचिवालयको आठौं बैठकमा शनिबार बोल्ने क्रममा उनले अध्यक्ष ओलीबाट अब पार्टी आन्दोलन अघि बढ्न नसक्ने निष्कर्ष सुनाएका हुन्। ‘अध्यक्ष ओली अब तपाईंले राजीनामा दिनुस्, तपाईंबाट पार्टी आन्दोलन अघि बढ्न सक्दैन,’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले बताए। अध्यक्ष ओलीले पार्टी पुनर्गठनका […]
राजनीति
कोशी कार्यशालाबाट कांग्रेसले जारी गर्यो २८ बुँदे ‘कोशी संकल्प’ (पूर्णपाठ)
काठमाडौं । नेपाली कांग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेशस्तरीय परामर्श कार्यशालाले २८ बुँदे ‘कोशी संकल्प’ जारी गर्दै सकिएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यशालाले राष्ट्रिय तथा पार्टी राजनीतिका विभिन्न २८ बुँदे संकल्प जारी गरेको हो । संकल्पपत्रमा किरात सभ्यताको उद्गम, सगरमाथा शिरदेखि केचनकवलको पाउसम्म, कोशी प्रदेशको पहिचान–प्रतिष्ठा, संस्कृति–सभ्यता, भाषा–कला–साहित्य, […]
भोलि बस्ने गरी सकियो एमाले सचिवालय बैठक
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने गरी सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार झण्डै ६ घण्टा बसेको बैठकमा उपाध्यक्षहरूले बोलेपछि शनिबार बस्ने गरी बैठक सकिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार बैठक शनिबार ११ः३० बजे पुन: बस्नेछ । बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनका लागि प्रस्तावित […]
५६ दिनसम्म पनि सरकारले जवाफ नदिएको भन्दै राष्ट्रियसभामा आपत्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको ५६ दिनसम्म पनि राष्ट्रिय सभाका सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाफ नदिएपछि आपत्ति जनाएका छन् । राष्ट्रियसभाको जारी बैठकमा सांसदहरूले ढुङ्गो बोल्ला माटो बोल्ला तर सरकार नबोलेको भन्दै आपत्ति जनाएका हुन् । राष्ट्रियसभा बैठकमा नेपाली कम्युनिस्ट पार्टीका नरबहादुर विष्ट र एमालेका सोमनाथ पार्तेलले जनप्रतिनिधिले […]
गुण्डुमा एमाले सचिवालय बैठक सुरु, कार्यविभाजन टुङ्ग्याइने
काठमाडौँ । नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिन एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठकमा यसअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनमा छलफल गरेर निर्णय गर्ने तयारी छ । एमालेको गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन अहिलेसम्म […]
नेकपा एमाले गर्यो बादलको संयोजकत्वमा चुनावी समीक्षा कार्यदल प्रस्ताव
काठमाडौँ । नेकपा एमालेमा पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा चुनावी समीक्षा कार्यदल प्रस्ताव गरिएको छ। गत सोमबार बसेको आठौं सचिवालय बैठकमा बादललाई समीक्षा कमाण्डर प्रस्ताव गरिएको हो। चुनाव सकिएको दुई महिना बित्दा पनि निर्वाचन समीक्षा भएको छैन। निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीबाट चुनावी समीक्षात्मक प्रतिवेदन आए पनि सचिवालयमा छलफल भएको छैन। चुनावको समीक्षा […]
सभामुख अर्यालको भूमिकामाथि निस्कल राईले उठाए प्रश्न
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निस्कल राईले सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजे पनि सभामुखको भूमिका निष्पक्ष नभएको आशयसहितको अभिव्यक्ति दिएका हुन् । ‘पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजिरहेको छ । तर, यसमा सभामुखको साथ मिलेन’, […]
आज पनि हर्क साम्पाङले प्लेकार्ड देखाएर गरे विरोध
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ)ले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाएका छन् । जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् । त्यसलाई आजलाई पनि निरन्तरता दिएका छन् । अहिले सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका छन् ।
सरकार संसद्प्रति उत्तरदायी भएन, यो लोकतन्त्रमाथिको कालोधब्बा हो : हर्क साम्पाङ
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको भन्दै आपत्ति जनाएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका राईले वर्तमान सरकारले संसदीय मर्यादाको उल्लंघन गरेको र जनताको मतद्वारा निर्मित संसद्लाई बेवास्ता गरेको आरोप लगाए । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरू […]
इरान युद्धबारे ट्रम्प र नेतन्याहूबीच मतभेद, तनावपूर्ण फोनवार्ता भएको खुलासा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच तनावपूर्ण फोनवार्ता भएको खुलेको छ। इरान युद्धलाई लिएर ट्रम्प र नेतन्याहूबीच टेलिफोन वार्ताका क्रममा विवाद भएको भनेर अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले समाचार लेखेको छ। ट्रम्प र नेतन्याहूबीच मंगलबार भएको टेलिफोन संवाद तनावपूर्ण बनेको जर्नलले जनाएको छ। त्यस दिन उनीहरूबीच झन्डै एक घन्टा कुराकानी […]










