काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन गर्नेछन् । विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ । महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ । प्रतिनिधिहरुलाई बिहान नौ […]

विधान अधिवेशनमा प्रस्तुत हुने भयो कर्ण थापाको फरक मत

काठमाडौं । भोलिबाट सुरु हुने विधान अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मत प्रस्तुत हुने भएको छ । बिहीबार बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । थापाले आजै मात्रै पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका थिए । ‘कर्ण थापाले आजमात्रै प्रस्तुत गर्नुभएको फरक मतबारे […]

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा रामहरि खतिवडा निर्विरोध भएका छन् । सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि तोकेको बिहीबार २ बजेदेखि ४ बजेसम्मको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो । ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था […]

प्रतिनिधिसभाबाट आज संवैधानिक परिषद् विधेयक अगाडि नबढ्ने

काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी विधेयक आज प्रतिनिधि सभाबाट अगाडि नबढ्ने भएको छ । बिहीबारको कार्यसूचीमा राखिए पनि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि कार्यसूचीमै समावेश नगर्ने निर्णय भएको हो। यो विधेयकलाई अघि बढाउने वा संशोधन गर्ने विषयमा दुई दलका नेताहरू निरन्तर छलफलमा छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरणका क्रममा दिएको सन्देशलाई कसरी सम्बोधन गर्ने […]

भारतीय मिडियाको दाबी : ओलीको भारत भ्रमण नहुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नहुने सम्भावना रहेको भारतको एउटा सञ्चार माध्यमले दाबी गरेको छ । भारतको द प्रिन्ट अनलाइनले स्रोतको हवाला दिँदै ओलीको भारत भ्रमण नहुने जनाएको हो । समाचारमा ओलीको १५ सेप्टेम्बरमा हुने भनिएको भारत भ्रमण नहुने सम्भावना रहेको दाबी गरिएको छ । यसै साता मोदी र ओलीबीच चीनको थियान्चिनमा […]

राष्ट्रपतिले फिर्ता गरेको ४३ दिनपछि अघि बढ्दै संवैधानिक परिषद् विधेयक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ४३ दिनपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक अघि बढ्दैछ । प्रमाणीकरणका लागि पुगेको विधेयक गत साउन ८ गते राष्ट्रपति पौडेलले पुनर्विचारका लागि भनेर फिर्ता पठाएका थिए । आज प्रतिनिधि सभामा यसलाई अगाडि बढाउने कार्यसूची छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट […]

एमालेले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ः०० बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । उनका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । उनले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर […]

एससिओ शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको विशेष निमन्त्रणामा यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए भने सम्मेलनलाई सम्बोधन […]

डिपफेक भिडियो बनाउनेविरुद्ध स्वर्णिम वाग्लेले दिए साइबर ब्युरोमा निवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डाक्टर स्वर्णिम वाग्लेले आफ्नो आवाजको दुरुपयोग गरी डिपफेक भिडियो बनाएकोमा कारबाहीका लागि साइबर ब्युरोमा उजुरी दिएका छन् । बुधबार वाग्लेले दुरुपयोग गर्ने विरुद्ध उजुरी दिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । उजुरी उपर अनुसन्धान हुने अवस्थीले बताए । वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको […]

निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं । संघीय निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । मंगलबार बसेको सभाको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो । १५ असारमा प्रतिनिधिसभाबाट पारित भएर गएको विधेयक मंगलबार राष्ट्रियसभाले पनि पारित गरेको हो । प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको हो । यसअघि राज्य व्यवस्था समिति बैठकमा ‘सङ्घीय निजामती […]