सत्य निरुपण र वेपत्ता आयोगको पदाधिकारी बन्न ६१ जनाको लाइन

काठमाडौँ, २ मङ्सिर । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जना इच्छुकको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ । सिफारिस समितिको आइतबार बसेको बैठकले आज अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेअनुसार आज नाम सार्वजनिक गरिएको समितिका सदस्य शर्मिला कार्कीले जानकारी दिए […]

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, १ मङ्सिर । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ क प्रदेशसभाका काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गरेका छन । काँग्रेस नेतासमेत रहनुभएका कृष्णलाल भँडेलकी आमा सेतीमायाँको ८४ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । सभापति देउवाले उनको निधनको खबरले अत्यन्तै […]

सूचना र प्रविधिले ज्ञानको क्षितिज बढाउँछ: मन्त्री भण्डारी

सुर्खेत, १ मङ्सिर । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सूचना र प्रविधिले ज्ञानको क्षितिज बढाउने बताए । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीको सहकार्यमा इनोभेटिभ भिजनको आयोजना तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको संयोजनमा दुई दिनसम्म सञ्चालन हुने ‘कर्णाली प्रदेशसभा सदस्यका लागि सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम’ विषयक कार्यशालाको […]

भृकुटीमण्डपमा वित्तीय मेला

काठमााडौँ, १ मङ्सिर । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपालमा लगानीका प्रचुर सम्भावना भएको बताएका छन । मिडिया इन्टरनेशनल, काठमाडौँले भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा उनले लगानीको सम्भावना र बजार सुनिश्चित हुँदाहुँदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य भएको धारणा राखे । वैदेशिक विभागको पछिल्लो तथ्याङ्कमा विश्वका […]

सिफारिस समितिले पदाधिकारीको नाम सोमबार सार्वजनिक गर्ने

काठमाडौँ, १ मङ्सिर । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयन गर्न बसेको सिफारिस समितिको बैठकले सोमबार सम्पूर्ण नाम सार्वजनिक गर्ने निर्णय गरेको छ । समितिका सदस्य शर्मीला कार्कीका अनुसार आज बिहान बसेको बैठकले भोलि आयोगमा परेका नामहरुको सूचना सार्वजनिक गर्ने र ती नामहरुमा उजुरी गर्न पाँच दिन समय दिइनेछ […]

उपनिर्वाचनले तात्दैछ पिपरा गाउँपालिका

जलेश्वर, १ मङ्सिर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अहिले उपनिर्वाचनको चुनावी गतिविधि चुलिँदै गएको छ । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पिपरा गाउँपालिकाका अध्यक्ष विनोद कुमार चौधरी निधन भएका कारण त्यहाँ चुनाव हुन लागेको हो । अध्यक्ष पदमा ११ दलका सहित २० जनाले उम्मेदवारी दिएपछि अहिले सो गापामा चुनावी सरगर्मी बढेको छ […]

विद्युत् बक्यौता ३३ करोड बढी

अत्तरिया, १ मङ्सिर । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले रु ३३ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी रहेको छ । कार्यालयले दिएको जानकारीअनुसार गत आव २०७५÷७६ सम्मको मात्रै रु ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहको हो । प्रदेशमा सडक बत्तीबापत रु नौ करोड ४८ लाख २० हजार, गैरव्यापारिक रु एक करोड ६८ […]

उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ: केन्द्रीय सदस्य पौडेल

पोखरा, १ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यका लागि पनि जनमत जाहेर गर्न उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताए । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको चुनाव प्रचारप्रसार कार्यक्रमअन्तर्गत आज पोखरा महानगरपालिका–३३ मा घरदैलोमा सहभागी बन्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको […]

कालापानीबाट भारतीय सेना लेखेटेरै छाड्ने प्रधानमन्त्री ओलीको दावी

काठमार्डौं, १ मंसिर । कालापानीबाट भारतीय सेना फिर्ता गराएरै छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठनको एक कार्यक्रममा बोल्दै प्रम ओलीले सो दावी गरेका हुन् । राजधानीमा आजदेखि सुरु भएको राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रम ओलीले नेपालले आफ्नो एक इन्च भूमि पनि […]

प्रहरीले पक्राउ गरेर लगेका सेनाका जवान मृत फेलापरेपछि फिस्लिङमा पृथ्वी राजमार्ग ठप्प

चितवन, १ मंसिर । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा एक जनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए। कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा […]