काठमाडौँ । प्राध्यापक संघका पूर्वअध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनीहरुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीच शक्ति सन्तुलन हुनुपर्नेमा प्रधानन्यायाधीश राणाले त्यसको मर्म नबुझेको टिप्पणी गरेका छन् ।
अहिले न्यायापालिकामाथि गम्भीर संकट आएको र त्यसको जिम्मेवार राणा रहेको भन्दै राणाले तत्काल निकास दिनुपर्ने बताएका छन् ।
पूर्वअध्यक्षहरु प्राडा कमलकृष्ण जोशी, प्रा केशवानन्द गिरी, प्रा भूपति ढकाल कमल, प्रा कपिल श्रेष्ठ, प्रा भीमसेनदास प्रधान, प्रा रामेश्वर उपाध्याय, प्राडा विनोदकुमार श्रेष्ठ, प्रा खगेन्द्र भट्टराई र प्रा गुणनिधी न्यौपानेले शुक्रबार सँयुक्त विज्ञप्ति जारी गरेका छन्।
उनीहरुले भनेका छन्, ‘‘स्वतन्त्र न्यायपालिकाको जनआस्था र प्रतिष्ठा बचाईराख्न हाल नेतृत्वमा रहनुभएका व्यक्तिले नै निकास दिनुपर्दछ, यस विषम परिस्थितिबाट उत्पन्न न्यायपालिकाको प्रतिष्ठा, विश्वसनियता, निश्पक्षता र जनआस्था जोगाउन प्रधानन्यायाधीशले तत्काल राजीनामा दिएर निकास दिनु नै उत्तम विकल्प हो’ विज्ञप्तिमा भनिएको छ।’