ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई निमोनिया विरुद्धको खोप दिने

ललितपुर। ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई निमोनिया विरुद्धको खोप दिइने भएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै पहिलो चरणको निमोनिया विरुद्ध कात्तिक १४ देखि १७ गतेसम्म ७४ वर्षभन्दा माथिका नागरिकलाइ खोप लगाइने कार्यक्रम सञ्चालन गरिने जनाएको हो ।
ललितपुर महानगरपालिका क्षेत्र भित्रका स्थानीय नागरिहकहरूले खोप लिन नागरिकता प्रमाणपत्र र वडा कार्यालयबाट जारी भएको प्रमाण नामावलीको आधारमा निमोनिया रोग विरुद्धको खोप दिइने सूचनामा उल्लेख छ।

महानगरपालिकाका अनुसार खोप लगाउनेले उमेर खुल्ने परिचयपत्र सहित आ–आफ्नो वडाको खोप केन्द्रमा बिहान ११ बजेदेखि ४ बजेसम्म सम्पर्क गर्न सक्नेछन् ।

७० देखि ७३ वर्षसम्मका जेष्ठ नागरिकका लागि दोश्रो चरण अन्तर्गत निमोनिया विरुद्ध खोप अभियान यथाशीघ्र सञ्चालन गरिने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए।

Loading...