मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै

काठमाडौं । बाग्मती प्रदेशसभाको आज ९बुधबार० बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । सभामा विश्वासको मतका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विश्वासको मतसम्बन्धी मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ । गत असोज २४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन् । यसअघि कात्तिक ४ गतेको बैठकमा दलगत रुपमा प्रदेशसभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

भदौ दुईमा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा परेकी हुन् । बागमती प्रदेश सभामा एक सय नौ सदस्य छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद आवश्यक पर्छ । हाल सत्तारूढ नेकपा एमालेसँग ४३ जना सांसदमात्र छन् । उनलाई १२ जना अन्य दलका सांसदले समर्थन गरे मात्रै विश्वास पाउने सम्भावना रहेको बताइएको छ ।

सत्तारूढ गठबन्धनले यसअघि नै बागमतीमा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन्। गठबन्धनले बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरिसकेका छन् ।

Loading...