बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिए राजीनामा, मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

 

काठमाडौँ।  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकि छिन। शाक्यले मुख्यमन्त्री बात राजिनामा दिएपछि तेश्रो मुख्य मन्त्री बन्न राजेन्द्र पाण्डेलाई सहज बाटो खुलेको छ ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा ५९ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित बुधबार साँझ नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्रीको दावी पेश गरेका छन्।

शाक्यले राजीनामा बुझाएपछि प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनै पनि दलको बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गर्न आह्वान गरेको थियो। पाण्डेलाई बिहीबार दिउँसोसम्म मुख्यमन्त्री नियुक्त गरी पद तथा गोपनियताको सपथ खुवाउने प्रदेश प्रमुखको तयारी छ।

गठबन्धन सरकारले मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई अघि सार्ने निर्णय गर्दै नेताहरुले मुख्यमन्त्री शाक्यलाई पदबाट राजीनामा दिन यस अघिनै सुझाव दिएका थिए । ११० सदस्यीय प्रदेशसभामा गठबन्धनको पक्षमा ५९ जना सांसद छन्। विभाजनपछि एमालेसँग ४३ जनामात्रै सांसद छन्।

Loading...