भृकुटीमण्डपमा वित्तीय मेला

काठमााडौँ, १ मङ्सिर । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपालमा लगानीका प्रचुर सम्भावना भएको बताएका छन । मिडिया इन्टरनेशनल, काठमाडौँले भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा उनले लगानीको सम्भावना र बजार सुनिश्चित हुँदाहुँदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य भएको धारणा राखे । वैदेशिक विभागको पछिल्लो तथ्याङ्कमा विश्वका […]

सिफारिस समितिले पदाधिकारीको नाम सोमबार सार्वजनिक गर्ने

काठमाडौँ, १ मङ्सिर । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयन गर्न बसेको सिफारिस समितिको बैठकले सोमबार सम्पूर्ण नाम सार्वजनिक गर्ने निर्णय गरेको छ । समितिका सदस्य शर्मीला कार्कीका अनुसार आज बिहान बसेको बैठकले भोलि आयोगमा परेका नामहरुको सूचना सार्वजनिक गर्ने र ती नामहरुमा उजुरी गर्न पाँच दिन समय दिइनेछ […]

उपनिर्वाचनले तात्दैछ पिपरा गाउँपालिका

जलेश्वर, १ मङ्सिर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अहिले उपनिर्वाचनको चुनावी गतिविधि चुलिँदै गएको छ । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पिपरा गाउँपालिकाका अध्यक्ष विनोद कुमार चौधरी निधन भएका कारण त्यहाँ चुनाव हुन लागेको हो । अध्यक्ष पदमा ११ दलका सहित २० जनाले उम्मेदवारी दिएपछि अहिले सो गापामा चुनावी सरगर्मी बढेको छ […]

विद्युत् बक्यौता ३३ करोड बढी

अत्तरिया, १ मङ्सिर । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले रु ३३ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी रहेको छ । कार्यालयले दिएको जानकारीअनुसार गत आव २०७५÷७६ सम्मको मात्रै रु ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहको हो । प्रदेशमा सडक बत्तीबापत रु नौ करोड ४८ लाख २० हजार, गैरव्यापारिक रु एक करोड ६८ […]

उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ: केन्द्रीय सदस्य पौडेल

पोखरा, १ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यका लागि पनि जनमत जाहेर गर्न उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताए । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको चुनाव प्रचारप्रसार कार्यक्रमअन्तर्गत आज पोखरा महानगरपालिका–३३ मा घरदैलोमा सहभागी बन्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको […]

कालापानीबाट भारतीय सेना लेखेटेरै छाड्ने प्रधानमन्त्री ओलीको दावी

काठमार्डौं, १ मंसिर । कालापानीबाट भारतीय सेना फिर्ता गराएरै छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठनको एक कार्यक्रममा बोल्दै प्रम ओलीले सो दावी गरेका हुन् । राजधानीमा आजदेखि सुरु भएको राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रम ओलीले नेपालले आफ्नो एक इन्च भूमि पनि […]

प्रहरीले पक्राउ गरेर लगेका सेनाका जवान मृत फेलापरेपछि फिस्लिङमा पृथ्वी राजमार्ग ठप्प

चितवन, १ मंसिर । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा एक जनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए। कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा […]

‘हेर मोदी, यो हो नेपालको नक्सा’ लेखेको ब्यानर देखाउने विद्यार्थीमाथि प्रहरीको चर्को दमन

काठमाडौं, १ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सीमा अतिक्रमणको विरोधमा गरेको प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप भएको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरुलाई ठमेलको अस्कल क्याम्पसबाट निस्किएका उनीहरुलाई प्रहरीले लैनचौरबाट पक्राउ गरेको हो । बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र […]

चिनियाँ पर्यटकको बृद्धिले चिनियाँ भाषा जान्ने नेपालीको माग पनि बढ्ने

काठमाडौं । नेपाल पर्यटन बोर्डमा आयोजित शुक्रबार आयोजित एक कार्यक्रमका सहभागीहरुले नेपाल चिनिया पर्यटकहरुको लागि महत्वपूर्ण गन्तब्य भएको बताए । चौथो चिनिया भाषा प्रशिक्षण कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरिएको एक समारोहमा बोल्दै काठमाडौंस्थित चिनिया राजदूतावासका राजनीतिक तथा प्रेस शाखाका प्रमुख वाङ स्याओलोङले नेपाल–चीन सधैं असल छिमेकी, असल मित्र र असल सहयोगी रहि आएको […]

भारतको विस्तारवादी नीतिकै कारण भारतसंग जोडिएका सीमा असुरक्षित् भएको निष्कर्ष

भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समेत समावेश गरेपछि देशव्यापीरुपमा त्यसको बिरोध हुँदै आएको छ । यसैबीच भक्तपुरको वागीश्वरी कलेजमा पनि उक्त विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । वागीश्वरी कलेजको आयोजनामा शुक्रवार नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक) मा भारतले गरेको सीमा अतिक्रमणविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल क्रान्तिकारी […]