भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ का क्षेत्रीय प्रतिनिधि तथा कांग्रेस निकट खेलकुद बिभागको बागमती प्रदेश समिति सदस्य गणेशहरि कुटुले पार्टी परित्याग गरेका छन् । ३ दशक लामो समयदेखि आवद्ध रहेको नेपाली कांग्रेस परित्याग गर्दै उनी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् । केक्युसिङ करातेका टु डन एवं राष्ट्रिय खेलाडी समेत रहेका मथिनपा-२ […]
राजनीति
बढ्यो नेमकिपाको केन्द्रीय समिति, बिजुक्छें आठौं महाधिवेशनबाट पनि अविछिन्न अध्यक्ष
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनले पनि अध्यक्षमा नारायणमान विजुक्छें ‘रोहित’ लाई नै निरन्तरता दिएको छ । भक्तपुरमा सम्पन्न आठौं अधिवेशनमा उनी पुनः सर्वसम्मतरुपले अध्यक्ष निर्वाचित भएका छन् । बि.सं. २०३१ सालमा बिजुक्छेंको नेतृत्वमा स्थापना भएको यो पार्टीमा आज सम्म आइपुग्दा पनि उनको बिरासत बोक्ने अर्को बिकल्प नभेटिएको हो । आठौं महाधिवेशनको बन्द […]
भ्रमको खेतिमा सरकारलाई पीएचडी : बालेन
काठमाडौ । भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ भन्दै काठमाडौका मेयर बालेन्द्र शाह (बालेन)ले फेरिपनि सरकारप्रति आक्रोश पोखेका छन् । विभिन्न छ वटा विषयमा सरकारले महानगर माथि भ्रम सिर्जना गराएको र महानगरलाई काम गर्ने वातावरण बन्न नदिएको मेयर बालेनले आरोप लगाएका छन् । सोमबार अपराह्न सामाजिक सञ्चालमार्फत उनले ६ स्पष्टीकरण […]
पुराना पार्टीले संक्रमण सारेका प्रचण्ड गुनासो
धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलको सहकार्यले उनीहरुभित्रको रोग माओवादीमा पनि सरेको गुनासो गरेका छन् । माओवादीलाई संक्रमण भएको र त्यसको उपचार खोज्न जनताको बीचमा आएको उनको भनाइ छ । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका […]
रिङ्कु सदा अनुसन्धानबारे प्रजिअ र सुरक्षा प्रमुखसंग प्रचण्डले लिए जानकारी
सिरहा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिङ्कुकुमारी सदाको शंकास्पद मृत्यु तथा घटनाको अनुसधान प्रक्रियामाबारे जानकारी लिएका छन्। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहा आएको बेला उहाँले प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन् । अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार […]
नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन भक्तपुरमा सुरु
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन आजबाट भक्तपुरमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको सेवा नै पार्टीको मुख्य उद्देश्य रहेको बताएका छन्। उनले विगतका सरकारहरू असफल भएको आरोप लगाउँदै अहिलेसम्मका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई जनताले टुँडिखेलमा कारबाही गर्नुपर्ने भनाइ राखे। महाधिवेशन […]
दुधौलीको सहिद स्मृति शान्ति पार्कमा शिव र बुद्धको प्रतिमा अनावरण
सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१० स्थित सहिद स्मृति शान्ति पार्कमा शिव भगवान र बुद्ध भगवानको प्रतिमाको भव्य अनावरण गरिएको छ। यस अवसरमा दुधौली नगरपालिकाको पहिचान झल्काउने संरचनाको समेत उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा दुधौली नगरपालिका मेयर श्री दिनेश अधिकारी, उपमेयर श्री चन्द्रकिशोर थारु, बागमती प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख, सिन्धुली जिल्ला समन्वय समितिका […]
राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक: प्रचण्ड
पोखरा। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन । शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताएका हुन । भेलामा प्रचण्डले भने, ”संविधान निर्माणको […]
अमेरिकी राष्ट्रपति ट्रम्पप्रति बालेनको कडा कटाक्ष
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा शब्दमा कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ट्रम्पको आप्रवासन नीतिलाई लिएर कटाक्ष गरेका हुन् । बालेनले ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, “हाम्रो देश तपाईंको देशभन्दा राम्रो रहेको अनुभूति गराइदिनु भएकामा धन्यवाद।” उनले नेपाल गरिब हुनुको कारण नेपाली युवाहरू विदेशिनु रहेको बताउँदै अमेरिका […]
ओली सरकार : कुरामा चुस्त,काममा सुस्त
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै प्रतिवेदनले देखायो सरकारको कमजोर कार्यसम्पादन नतिजा प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछि देशमा विकासले गति लिएको र सुशासन सुरु भएको बताइरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै प्रतिवेदनले उनको दाबीको खण्डन गरेको छ । चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्री कार्यालयसहित अधिकांश मन्त्रालयको अर्धवार्षिक नतिजा कमजोर देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले […]










