राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार साँझ उनी पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठ स्थित हेपाली हाइटबाट उनलाई पक्राउ गरेको हो । शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको […]
राजनीति
रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
न्यूजकारखाना, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै अदालतले शुक्रबार उनलाई थुनामा पठाउने आदेश गरेको हो । बुटवल उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको […]
मोदीसंग नयाँ साझेदारीका लागि महत्त्वपूर्ण संवाद भएको प्रधानमन्त्रीको दावी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताएका छन । थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग आज भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उनले बताएका हुन् । “हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौं,’ भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन, “विम्स्टेक शिखर सम्मेलनले उठान […]
बिमेस्टेकको लागि मोदी पनि बैंककमा, प्रधानमन्त्री ओलीसंग साइडलाइन वार्ता गर्ने
काठमाडौं । बिमेस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि बिहीबार थाइल्याण्ड पुगेका छन् । छैटौं बिमेस्टेक सम्मेलनका लागि उनी थाइल्याण्डको बैंकक पुगेका हुन् । विमानस्थलमा उनलाई थाइल्याण्डका उपप्रधानमन्त्री तथा यातायात मन्त्री सुरिया जङ्रुङग्रेङकितले स्वागत गरेका थिए । २४ घन्टाका लागि बैंकक पुगेका मोदी भोली नै श्रीलंकातर्फ प्रस्थान गर्नेछन् । सो अघि मोदी […]
सिन्धुलीको मरिण गाउँपालिकाद्वारा किसानलाई नि:शुल्क भैँसीको पाडा वितरण
सिन्धुली । मरिण गाउँपालिकाले स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित नि:शुल्क भैँसीको पाडा वितरण गरेको छ। आर्थिक वर्ष २०८१/८२ को स्वीकृत ‘मासुका लागि पाडा प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत मरिण गाउँपालिका-४ का १० घरपरिवारलाई दुई-दुईवटा पाडा वितरण गरिएको हो। मंगलबार आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात)ले किसानहरूलाई पाडा हस्तान्तरण गर्नुभयो। अध्यक्ष मुक्तानले यो कार्यक्रम गाउँपालिकाको कृषि […]
प्रतिनिधि सभा सदस्य बोहराको निधन
काठमाडौं । प्रतिनिधि सभा सदस्य दिपक बोहोराको निधन भएको छ । ७८ वर्षको उमेरमा मंगलबार उनको निधन भएको हो । राप्रपाका नेता बोहराले रुपन्देही- ३ बाट नेपाली कांग्रेसका बालकृष्ण खाणलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । रुपन्देहीमा उनले सुरु गरेको “भैरहवा लुम्बिनी भुमिगत जलपरियोजना” भैलुभुज को कारण उनी लोकप्रिय रहेका छन् । […]
ओली सरकारलाई सहयोग गर्न प्रचण्डको यस्तो सर्त
काठमाडौ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको मर्म अनुसार काम गरे सहकार्य हुनसक्ने बताए । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले गणतन्त्रको मर्म अनुसार ओली सरकार जनतामा फर्कनुपर्ने सर्त राखे । प्रेस सेन्टर नेपालको […]
जरिवाना तिर्न पूर्व राजालाई महानगरपालिकाको पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। शुक्रबार राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्र काटेको हो। राजावादीले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकिएको जनाएको छ। राजावादीको शुक्रबारको प्रदर्शन पूर्वराजा शाहकै निर्देशनमा भएको ठहर […]
राजावादीले आगो लगाएको घरमा जीउँदै जले पत्रकार, महासंघको स्थापना दिवस बिरोध सभामा परिणत
राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको ज्यान गएको छ। राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा उनको ज्यान गएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको हो । तीनकुनेको घरबाट उनले एभिन्यूज टिभीका लागि लाइभ गरिरहेका थिए। त्यसक्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर ज्यान गएको प्रहरीको भनाइ छ । उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक […]
केएमसीले प्रर्दशनमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने
काठमाडौ । काठमाडौको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज (केएमसी) ले आज भएको प्रर्दशनमा घाइते भएकाहरूको निशुल्क उपचार गर्ने जनाएको छ। अस्पतालले सूचना प्रकाशन गरी विभिन्न स्थानमा भएको प्रर्दशनमा घाइते भएकाहरूको निशुल्क उपचार गर्ने जनाएको हो। अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत ठानेर घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको जनाएको छ। औषधि बाहेक अन्य उपचार अस्पतालले बेहोर्ने निर्णय भएको […]











