बिमेस्टेकको लागि मोदी पनि बैंककमा, प्रधानमन्त्री ओलीसंग साइडलाइन वार्ता गर्ने

काठमाडौं । बिमेस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि बिहीबार थाइल्याण्ड पुगेका छन् ।

छैटौं बिमेस्टेक सम्मेलनका लागि उनी थाइल्याण्डको बैंकक पुगेका हुन् । विमानस्थलमा उनलाई थाइल्याण्डका उपप्रधानमन्त्री तथा यातायात मन्त्री सुरिया जङ्रुङग्रेङकितले स्वागत गरेका थिए ।

२४ घन्टाका लागि बैंकक पुगेका मोदी भोली नै श्रीलंकातर्फ प्रस्थान गर्नेछन् । सो अघि मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच साइड लाइन बार्ता हुने बताइएको छ। प्रधानमन्त्री ओली पनि बिमस्टेकका लागि बैंककमै छन् ।