सङ्घीय संरचनामा बदलियो नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरी केन्द्रिय संरचनाबाट सङ्घीय संरचनामा रूपान्तरण भएको छ । सङ्घीय संरचना अनुसार क्षेत्रीय प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी कार्यालय र अञ्चल प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी एकाइमा रूपान्तरण गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीले पाँचवटा प्रदेशका क्षेत्रीय प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी कार्यालय नभएको प्रदेश […]

भ्रष्ट भएर जेल बसेकालार्इ चुनाव लड्न दिनुपर्ने भन्दै कांग्रेसले लियो कडा अडान

काठमाडाैं, १२ भदाै । संविधानसभाका लागि भएका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेद्वार बन्न बर्जित गरिएको थियो । तर, त्यही कानुन अनुसार निर्वाचित (संविधानसभाबाट रुपान्तरित) संसदको एक समिति भने भ्रष्टाचारीलाई सांसद बन्न बाटो खोल्ने प्रस्तावले तरंगित छ । सबै उम्मेद्वार अस्वीकार गर्न सक्ने (नो भोट) व्यवस्था नगर्न प्रमुख राजनीतिक शक्तिहरु सहमति भए पनि अदालतबाटै प्रमाणित भ्रष्टाचारीबारे भने […]

मन्त्रीकोभन्दा सचिवको तलब दोब्बर बढी बनाउने तयारी

  काठमाडाैं, १२ भदाै । बरियताका हिसाबले सचिवभन्दा मन्त्री माथि हुन्छन् । छाेटाे छाेटाे अवधिका लागि मात्र रहने गरेकाे भए पनि अहिलेसम्म नेपालका मन्त्रीहरुले सचिवहरु खेलाउँदै अाएका छन् । तर, अब मन्त्रीभन्दा सचिवहरु प्रभावशाली हुने भएका छन् । सेवा सुविधाका हिसाबले पनि मन्त्रीभन्दा सचिवहरु बलिया हुने भएका छन् । संसद सचिवालयको एक समूहले संसदको महासचिव […]

देशको आन्तरिक मामलामा देउवाले बाह्यपक्षलार्इ निम्त्याएको भन्दै एमालेले जनायो कडा आपत्ती

काठमाठौं, ११ भदाै । भारत भ्रमणका क्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएकाे अभिव्यक्तिले देशले शिर झुकाउनु परेकाे भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अापत्ती जनाएकाे छ । प्रम देउवाले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेकाे एमालेले जनाएकाे छ । एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको आन्तरिक मामलामा वाह्य पक्षलाई सङ्लग्न गराउने हानीकारक काम गरेकाे […]

एनअारएनद्वारा ४ हजार ५ सय बाढीपीडितलाई राहत वितरण

सप्तरी, ११ भदाै । गैरआवासीय नेपाली संघले २ साता अघि आएको बाढीबाट प्रभावित करिव ४ हजार ५ सय परिवारलाई राहत वितरण गरेकाे छ । गृहमन्त्रालयकाे समन्वयमा एनअारएनएले आपतकालीन राहत सामग्री वितरण गरेको हाे । बाढीबाट सबैभन्दा बढी प्रभावित भएकाे जिल्ला सप्तरीमा पुगेर एनअारएनएकाे टिमले राहत वितरण गरेकाे हाे । सप्तरीको बोदेबसाईन, तिरहुत, तिलाठी, कोहिलारी बसाईन […]

अमेरिकामा चक्रपातको वितन्डा

एजेन्सी । अमेरिकामा आएको चक्रपातले ठूलो वितण्डा मच्चाएको छ । चक्रपातबाट ठूलो धनजनको क्षति पुर्याएको छ । समाचार एजेन्सीहरुका अनुसार अहिलेसम्म कम्तिमा पनि २ जनाको ज्यान गएको छ । शुक्रबार अबेर रातीदेखि आएको हर्भि नामको चक्रपातले टेक्सासको जनजीवन अस्तव्यस्त बनाएको छ । सो आँधी प्रतिघन्टा २ सय १५ किलोमिटरको गतिमा आएको बताइएको छ । आँधीमा […]

सन्दिपकाे ठाउँमा दीपेेन्द्र भए यू-१९ क्रिकेट टाेलीकाे कप्तान

काठमाडाैं । एसीसी यू-१९ क्रिकेट प्रतियोगिता (पूर्वी क्षेत्र)का लागि नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ । मलेसियामा भदौ २३ देखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित टोलीको कप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन् । यसअघि सन्दिप लामिछानेले टोलीको कप्तानी गर्दै आएका थिए । अघिल्लो महिना यू-१९ विश्वकपको छनोट चरण खेल्न […]

के अझै सडकमा हर्न बजाउँदै हुनुहुन्छ ? हाेसियार ! १७२ जना कारबाहीमा

चितवन, ११ भदौ । शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । सो क्षेत्र घोषणा गरिएसँगै ट्राफिक प्रहरीले एक हजार १५५ जनालाई सम्झाइबुझाइ पठाएको छ […]

दुई श्रीमतीलाई २ लाखमा भारतको कोठीमा बेच्‍ने श्रीमान पक्राउ

काठमाडौं, ११ भदौ । कहिले कही सुन्ने र पढ्नेले विश्वास नलाग्ने घटना घट्छन् र समाचार बन्छन् । त्यस्तै विश्वास नलाग्ने समाचार छ । नुवाकोटका एक जनाले आफ्नै श्रीमतीलाई भारतको कोठीमा बेचेका छन् । खरानीटार ५ का निरकुमार नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती र १७ वर्षकी किशोरीलाई भारतको दिल्लीमा २ लाख १६ हजार रुपैयाँमा […]

दोक्लाममा चीनसँग अझै झडप बढ्ने भारतीय सेना प्रमुखको भनाइ

काठमाडाैं, ११ भदाै । भारतीय सेना प्रमुख बिपिन रावतले दोक्लाम जस्ता घटना अझै बढ्न सक्ने बताएका छन्। चीन र भुटानको सीमाक्षेत्र दोक्लामलाई लिएर भारत–चीनबीच बिगत दुई महिनाभन्दा लामो समयदेखि बिवाद चलिरहेका बेला पहिलो पटक भारतीय सेना प्रमुखको यस्तो टिप्पणी आएको हो। सेना प्रमुख राउवतले शनिबार एक कार्यक्रममा भविष्यमा भारत–चीनबीचको नियन्त्रण रेखामा दुई देशका सेनाबीच दोक्लाम […]