दोक्लाममा चीनसँग अझै झडप बढ्ने भारतीय सेना प्रमुखको भनाइ

काठमाडाैं, ११ भदाै । भारतीय सेना प्रमुख बिपिन रावतले दोक्लाम जस्ता घटना अझै बढ्न सक्ने बताएका छन्। चीन र भुटानको सीमाक्षेत्र दोक्लामलाई लिएर भारत–चीनबीच बिगत दुई महिनाभन्दा लामो समयदेखि बिवाद चलिरहेका बेला पहिलो पटक भारतीय सेना प्रमुखको यस्तो टिप्पणी आएको हो।

सेना प्रमुख राउवतले शनिबार एक कार्यक्रममा भविष्यमा भारत–चीनबीचको नियन्त्रण रेखामा दुई देशका सेनाबीच दोक्लाम जस्ता घटना बढ्ने दावी गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। दोक्लाम विवादबारे यस अघि उनी भन्दा तल्लो तहका सैन्य अधिकारीहरुले बोल्ने गरे पनि सेना प्रमुखबाटै बोलेको यो पहिलो पटक हो।

‘दोक्लम जस्ता घटना बढ्न सक्ने’ उनको टिप्पणीलाई थप व्याख्या गर्न पत्रकारहरुबाट गरिएको आग्रहमा राउतले ‘यस्ता घटना अब हुँदैनन् भनि सोच्नु भन्दा तयार र सर्तक रहनु राम्रो हुने’ बताए।

‘मेलै के भन्न खोजीरहेको छु भने, हामी वेसावधान बन्नु हुन्न्। मानौं यो विवाद समाधान भयो, सिमामा यस्ता घटना फेरी हुँदैन् भनेर सोच्नु हुँदैन’, उनले स्पस्ट पार्दै भने,’यो अन्य क्षेत्रमा पनि हुन सक्छ। यो फेरी हुँदै भनेर सोच्नुभन्दा सधै तयार र सर्तक रहनु राम्रो हुन्छ। त्यसैले सेनालाई मेरो सन्देश तपाईको पहरेदारी नछोड्नुहोस भन्ने हो।’

उनले विशेष गरि तिब्ब क्षेत्रमा चिनियाँ सेनाले परिचालन र अप्रेसनमा जस्ता कुरामा ‘महत्वपूर्ण प्रगति’ गरेको टिप्पणी गरे। भने,‘ चिनियाँ पक्षले दोक्लाम पठारमा सिर्जना गरेको अहिलेको विवाद यस्तो मुद्धा हो, जसबारे हामी चिन्तित हुनु आवश्यक छ र यस्ता घटना भविष्यमा बढ्दै जान्छन भन्ने मेले ठानेको छुँ।’ यद्यपि सेना प्रमुख राउवतले यस्तो अवस्थालाई सम्बोधन गर्न ‘संयुक्त कार्यदल’ रहेको पनि बताए।

रावतले वार्षिक सैन्य अभ्यासमा आफ्नो सहभागिताबारे चीनले अहिलेसम्म कुनै सूचना नदिएको पनि जानकारी दिए। ‘बिगत धेरै बर्ष देखि हामीले चीनसँग संयुक्त सैन्य अभ्यास संचालन गर्दै आएका छौं तर यो बर्षको सहभागिताबारे चिनियाँ पक्षको पर्खाइमा छौं’, उनले भने,‘ अर्कोतिर दुई देशबीच कुटनीति र सिमामा हुने सैन्यवार्ता निरन्तर भइरहेका छन्।’

Loading...