पशुपति धर्मशाला खाली गर्न बतासका नाममा सार्वजनिक सूचना जारी

चैत २१ , काठमाडौँ । तिलगंगास्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन आग्रह गर्दै पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र लिन बतास समूहले इन्कार गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पठाएको पत्र बुझ्न अस्वीकार गरेको हो। अहिलेसम्म पत्र लिन नमानेपछि कोषको सञ्चालक परिषद्ले […]

नगरकोट दोहोरी साँझले जित्यो २ लाख ५० हजार

काठमाडौँ । विभिन्न ६० वटा लोक दोहोरी टोलीलाई उछिन्दै काठमाडौंको ठमेल स्थित नगरकोट दोहोरी साँझ दोहोरी गायन प्रतियोगितामा उत्कृष्ट भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको हो । प्रतियोगितामा मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा […]

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज स्वदेश फर्किंदै

चैत २०, काठमाण्डौ –भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै हुनुहुन्छ । काठमाण्डौ फर्किनुअघि उहाँ आज उत्तर प्रदेशको बनारस जाने तालिका छ । त्यहाँ उहाँलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नु हुनेछ । प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाण्डौ आउने तालिका छ । तीन दिने औपचारिक […]

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । भ्रमण कार्यक्रम अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउसो २ : ५० बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । शुक्रबार दिउँसो ४ : ३० बजे […]

रूस र युक्रेनबीच शान्ति वार्ता हुँदै

काठमाडौँ । रूस र युक्रेनबीच शान्ति वार्ता हुँदैछ। रूसी वार्ताकार डेविड अराखामियाले आज अनलाइनको माध्यमबाट वार्ता हुन लागेको जानकारी दिएका हुन्। युक्रेनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेको सिधा वार्ताको प्रस्ताव रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरे पनि अनलाइनको माध्यमबाट वार्ता हुन लागेको रोयटर्सले जनाएको छ। एक महिनादेखि जारी रुसी आक्रमणको प्रभाव विश्वभर परेको छ। रुसको पछिल्लो […]

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । ग्यास बुलेट ट्याङ्करको ठक्करबाट काठमाडौँमा मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ महानगरपालिका–१ घर भएका ६४ वर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास […]

फिफा विश्वकप फुटबलको ‘ड्र’ आज

काठमाडौँ । फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ आज शुक्रबार हुँदैछ । कतारको दोहामा २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकपका लागि आज राति पौने १० बजे समूह विभाजन ‘ड्र’ गरिने आयोजक फिफाले जनाएको छ । विश्वकपका लागि २९ राष्ट्र छनोट भइसकेका छन् । अब तीन राष्ट्र छनोट हुन बाँकी रहेको छ । ३२ राष्ट्रलाई […]

गैँडाकोटका कृषक समूहलाई बाख्रा वितरण

गैँडाकोट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडा नं ३ मा बाख्रा वितरण गरेको छ । नगरपालिकाले बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो । नगरपालिकाले वडा नं ३ को ढोडेनीमा समूह गठन गरेपछि बिहीबार उन्नत जातका बाख्रा वितरण गरेको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा प्रमोदकुमार पौडेलले बताए । पौडेलकाअनुसार चार […]

स्थानीय आवश्यकतामा गठबन्धनसँग चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय, एमालेसँग च्याप्टर क्लोज

काठमाडौँ । नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने नीतिगत निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । प्रवक्ता महतले निर्णय कार्यान्वयनका लागि केन्द्रदेखि तल्लो तहसम्मै संयन्त्र बनाइने बताए। कांग्रेसको प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रले स्थानीय अवस्था […]

अब इन्धनले चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न पाइने

काठमाडौँ । नेपालमा अब पेट्रोलियम पदार्थले चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न पाइने भएको छ। सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको हो। सरोकारवालाले पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने कानुनी व्यवस्था गर्न माग गर्दै आइरहेका बेला सरकारले सबै गाडीलाई वातावरणमैत्री हुने गरी फेरबदल गर्न स्वीकृति दिएको छ। हाल […]