लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले गाउँमा चलचित्र महोत्सव हुँदा खुशी लागेको बताउँदै महोत्सवले गाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास […]

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, ६ बैशाख । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अधिकारीले  सरकारको गरेको निर्णय बिरुद्द  दिएको रिटको सुनुवाइ गर्दै आज सर्वोच्चले  अल्पकालीन अन्तरिम  आदेश दिएको हो।   न्यायाधीश हरि फुयालको एकल इजलासले जारी गरेकाे आदेशमा गर्भनर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन […]

सत्ता गठबन्धनको बैठकबाट चुनावी तालमेल आज टुंगो लगाउने तयारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बिहान ११ बजे बस्दैछ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार निर्णायक बैठक मंगलबार बिहानेका लागि बोलाइएको हो । सोमबार दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमति नजिक पुगेको मन्त्री कार्कीको भनाइ छ । महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष […]

नौ देशका सैनिकसहित शिवपुरीमा सेनाको ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु

काठमाडौं । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ। नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य […]

बझाङमा भूकम्पको धक्का

काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको उनले बताए । भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भए/नभएको विवरण भने आएको […]

भारतको सेना प्रमुखमा मनोज पाण्डे

काठमाडौं । भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको जानकारी दिएको हो । यसै महिनाको अन्तिम (अप्रिल ३०)मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवानिवृत्त भएपछि पाण्डेले सेना प्रमुखको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने छन् । उनी नरवणेपछिका वरिष्ठ अधिकारी हुन् । हाल भारतीय सेनाको […]

निलम्बित गभर्नर अधिकारीले दिए सर्वोच्चमा रिट, समितिले थाल्यो छानविन

काठमाडौं । निलम्बित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकै दिन जाँचबुझ समितिले काम थालेको छ । निलम्बित गभर्नर अधिकारीले सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । समितिले आइतबारबाट आफ्नो काम अघ बढाएको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ […]

वीर अस्पतालबाट भागेका थुनुवा बुढानीलकण्ठबाट पक्राउ

काठमाडौं । वीर अस्पतालबाट उपचारको क्रममा फरार भएका थुनुवालाई प्रहरीले बुढानीलकण्ठमा पक्राउ गरेको छ । इन्द्रावती गाउँपालिका-३ घर भई केन्द्रीय कारागारमा थुनामा रहेका ४५ वर्षीय थुनुवा राजेश तिरुवालाई बुढानीलकण्ठ-१२ राधाकृष्ण मन्दिर नजिकबाट जिल्लारीय प्रहरी परिसरको विशेष टोलीले सोमबार पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा थुनामा रहेका तिरुवाले आफूलाई प्यारालाइसिस भएको भन्‍दै गत चैत २९ […]

प्रधान सेनापति द्वारा निर्वाचन सुरक्षाका लागि आवस्यक ब्यबस्था मिलाउन चार वटै कमाण्डलाई निर्देशन

बैशाख ५,काठमाडौँ।  प्रधान सेनापति प्रभुराम शर्माले बैशाख ३० गते हुनलागेको स्थानीय तह निर्वाचन सुरक्षाका लागि चार वटै कमाण्डलाइ आवस्यक ब्यबस्था मिलाउन निर्देशन दिनु भएको छ। प्रधान सेनापति शर्माले निर्वाचन स्वतन्त्र,निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न आज चार वटै कमाण्डका सेनापतिहरुलाई निर्देशन दिनुभएको हो। सरकारबाट प्राप्त जिम्मेवारीहरु पूरा गर्न सबै कमाण्डलाई उहाले विशेष निर्देशन दिनुभएको […]

कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन सकस

काठमाडौं । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन्। सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ। कांग्रेसको नेतृत्वमा सत्ता साझेदार दलहरुले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। कांग्रेसका कर्णाली प्रदेश […]