काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ। साथै सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको आयोगले जनाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ। आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ। […]
मुख्य समाचार
खेलाडीको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरी हाबी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा बढी नै सक्रिए देखिए। पत्रकार सम्मेलनअघि खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न अलमुताइरीले पत्रकारलाई भनेका थिए। दुई चरणको पत्रकार सम्मेलनमा खेलाडी उपस्थित गराएका अलमुताइरीले एउटा शत्रका लागि १० मिनेट समय दिएका थिए। पहिलो शत्रमा सुजल श्रेष्ठ, विमल घर्तिमगर, […]
समुद्रमा डुब्यो रुसी युद्धपोत
बुधबार विष्फोटको कारण ध्वस्त भएको रुसी युद्धपोत काला सागरमा डुबेको छ। रुसी रक्षा मन्त्रालयले मोस्क्भा नामक उक्त युद्धपोत डुबेको पुष्टि गरेको हो। यो युद्धपोतलाई रुसको सैन्य शक्तिको प्रतीकको रुपमा लिइन्थ्यो। युक्रेनले आफ्नो मिसाइलले उक्त युद्धपोत ध्वस्त भएको दाबी गरेको छ। रुसले भने युद्धपोतमा कुनै किसिमको आक्रमण भएको उल्लेख गरेको छैन। उसले यो युद्धपोतमा आगलागी भएको […]
निर्वाचन पर्यवेक्षणका लागि ६५ वटा संस्थाबाट निवेदन
काठमाडौं । स्थानीय तह निर्वाचनमा पर्यवेक्षकका लागि ६५ वटा संस्थाले निवेदन दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो । ‘सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । […]
माओवादीको प्रचार सामग्रीमा फोटो राखिएपछि आयोगले सोध्यो कूलमानलाई स्पष्टिकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै बिहीबारको बसेको आयोगको बैठकले कार्यकारी निर्देशक घिसिङसँग स्पष्टीकरण सोधेको हो । पार्टीको चुनावी प्रचार सामग्रीमा फोटो राख्ने सहमति दिएको हो कि होइन भनेर आयोगले घिसिङसँग प्रश्न गरेको छ । उनलाई पत्र पठाएर सात दिनभित्र […]
लगानी सम्मेलनले नेपालमा लगानीका नयाँ अवसर सिर्जना गरेको छः फाउन्डेसन
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दुई दिने ‘नेपाल लगानी सम्मेलन २०२२’ सम्पन्न भएको छ। जानकी ग्लोबल फाउन्डेसन र नेपाल फिलिपिन्स चेम्बर अफ कर्मशको आयोजनामा दुई दिनसम्म चलेको सम्मेलन भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार सुरु भएको थियो । सम्मेलन सम्पन्न भएपछि राजधानीको नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरी जानकी फाउन्डेसनले सम्मेलन पूर्ण रुपमा सफल र उपलब्धीपूर्ण भएको […]
बागमती नदीलाई व्यवस्थित बनाउन वीस बर्षे ‘एक्सन प्लान’ बन्ने
चैत २८, काठमाडौं। काठमाडौँ उपत्यकाको मुख्य नदि बागमतीलाइ व्यवस्थित बनाउन वीस बर्षे ‘एक्सन प्लान’ बन्ने भएको छ। बढ्दो जनधनत्व , अव्यबस्थित शहरीकरणका कारणले दिनानुदिन प्रदुषित बन्दै गएको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्यसहित सरकारले वीस बर्षे ‘एक्सन प्लान’ बनाउन लागेको हो। यसअघि बनाएको पाँच बर्षे ‘एक्सन प्लान’ अपुरो भएको भन्दै प्रदुषित भएको नदीलाई सफा […]
१४ करोडमा खरिद गरिएको ब्रुमर चालक नभएका कारण थन्किए
चैत २८ , काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वर्षअघि करिब १४ करोड रुपियाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ । ब्रुमर नभएपछि कामपाले बाटो बढार्न सकेको छैन । ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो । करिब दुई साता अघि ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो । […]
फुट्यो लामो इतिहास बोकेको मसालको रक्तिम परिवार
काठमाडौँ । नेकपा (मसाल)को सांस्कृतिक मोर्चा औपचारिक रुपमा विभाजन भएको छ । रक्तिमले शनिबार संवाद डबलीमा ३६ औं स्थापना दिवस मनाउँदै शर्माको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरिएको छ । रक्तिमको संस्थापन पक्षले मसालसँग सम्बन्ध विच्छेद गर्दै नयाँ समितिको घोषणा गरेको हो । नयाँ समितिको उपाध्यक्षहरुमा निलिमा पुन, दलबहादुर बिक र मानबहादुर भण्डारी रहेका छन् । […]
नेता वा कार्यकर्ताले पार्टीको विचार र उम्मेदवारको पक्षमा प्रचार गर्न नपाउने, नेताका पोष्ट सेयर गर्न पनि नपाउने
काठमाडौं । राजनीतिक पार्टीका शुभचिन्तक, नेता तथा कार्यकर्ताले अब सामाजिक सञ्जालमा आफ्नो पार्टी वा उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले आचारसंहिता जारी गर्दै यस्तो प्रतिबन्ध लगाएको हो । निर्वाचनमा सामाजिक सञ्जालको प्रयोगले व्यापक विवाद सिर्जना हुने गरेको भन्दै आयोगले यस्तो प्रतिबन्धात्मक व्यवस्था गरेको बताइएको छ । शुक्रबार मध्यरातदेखि लागु हुने गरी […]










