बागमती नदीलाई व्यवस्थित बनाउन वीस बर्षे ‘एक्सन प्लान’ बन्ने

चैत २८, काठमाडौं। काठमाडौँ उपत्यकाको मुख्य नदि  बागमतीलाइ  व्यवस्थित बनाउन वीस बर्षे ‘एक्सन प्लान’ बन्ने भएको छ।

बढ्दो जनधनत्व , अव्यबस्थित शहरीकरणका कारणले दिनानुदिन प्रदुषित बन्दै गएको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्यसहित सरकारले वीस बर्षे ‘एक्सन प्लान’ बनाउन लागेको हो।

यसअघि बनाएको पाँच बर्षे ‘एक्सन प्लान’ अपुरो भएको भन्दै प्रदुषित भएको नदीलाई सफा र ढलमुक्त बनाउन एक्सन प्लान निर्माण प्रक्रिया अघि बढेको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले      बागमती नदीको संरक्षण र विकास गर्ने मुख्य उदेश्यसहित सुरु भएको वीस बर्षभित्र नदीलाई पुरानै अवस्थामा फर्काउने योजनासहित काम अघि बढाउने नीति लिएको छ।

बागमती नदीलाई पुरानै अवस्थामा फर्काउन थालिएको सरसफाई अभियान  २०७७ जेठ ५  देखि निरन्तर रुपमा  सञ्चालनमा गर्दै   ४६६ औ हप्ता पार गरेको  छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले नदीको संरक्षर र विकास गर्ने उदेश्यसहित वीस बर्षे कार्ययोजना ‘एक्सन प्लान’  तयार पर्ने कामलाई अघि बढाएको बताए।

उनका अनुसार एक्सन प्लान यस आर्थिक बर्षभित्र नै तयार भएर आगामी आर्थिक बर्षबाट कार्यान्वयमा जानेछ एक्सन प्लानबाट हालसम्मको उपलब्धी र भावी कार्यदिशा तय गरेर काम गर्ने योजना बनाएको बताउदै प्याकुरेलले सरकार दातृ निकायको सहयोगबाट नदीको सौन्दर्यकरणसँगै पूर्वाधार निर्माणको काम भइरहेको बताए।

योजनामा प्लानमा नदीको मापदण्ड कायम गर्ने, वहाव क्षेत्र निर्धारण गर्ने,नदीको स्वच्छता बढाउन थप ढल प्रशोधन निर्माणको काम अगाडि बढाउने विषय समावेश गरिने भएको छ।

समितिले सुन्दरीजलदेखि गुहेश्वरीसम्मको क्षेत्रलाई ढलमुक्त बनाउने गरी काम गरिरहेको बताएको छ। नदीको स्वच्छता कायम गर्न धाप ड्याम निर्माणको काम सम्पन्न गरेको समितिले यस बर्षबाट बर्षाको समयमा पानी संकलन गर्ने भएको छ।

समिति मार्फत बागमती नदी र यसका सहायक नदीहरुमा गरी ६२ किलोमिटर नदी नियन्त्रण, ५३ किलोमिटर कोरिडोर सडक र ९० किलोमिटर ढलको पाइन विछ्याउने काम सम्पन्न भएको छ। जस अन्तर्गत बागमती नदीमा मात्र दायाँबायाँ १६र१६ किलोमिटर गरी ३२ किलोमिटर क्षेत्रमा ढल विछ्याउने काम सम्पन्न भएको छ भने गोकर्णदेखि गेहेश्वरीसम्म सात किलोमिटर क्षेत्रलाई ढलमुक्त बनाउने गरी काम भएको समितिले जनाएको छ।

 
Loading...