चैत २९ , काठमाडौँ । पूर्व मन्त्री डा.केशवमान शाक्यले गृहस्थमै भिक्षु बन्ने परम्परा लोप भइसकेको अवस्थामा खड्गी सेवा समितिले पुनजार्गित गरेको बताउनुभयो ।
समितिले सोमवार राजधानीमा आयोजित नेवाः धर्म गुरू प्रशिक्षण सार्वजनिक सामारोहमा उहाँले समाजबाट लोप भइसकेको परम्परालाई पुन थालनी गरेको बताउनुभएको हो ।
पूर्वमन्त्री शाक्यले चार हजार वर्ष अगाडि पहिचान बनाएका खड्गी समुदायले बौद्ध परम्परालाई पुर्नजगृत गर्नु एउटा आँत र आन्दोलन भएको यसको नेतृत्व डा. नरेशमान बज्राचार्यबाट हुनु ठुलो उपलव्धि भएको बताउनुभयो । महागुरू पण्डित बद्रीरत्न गुरूजुले १५ औं बौद्ध सम्मेलनदेख गृहस्थ जीवनमा भिक्षु बन्ने परम्पराको पुर्नजागण गर्नुभएको स्मरण गर्नुभयो ।
सो समारोहमा १० जना खड्गी कुलपुत्र र ६ जना गुरूमा प्रवज्या सम्वर दान गरिएको थियो ।
धर्मगुरू डा. नरेशमान बज्राचार्यले खड्गी समुदायमा नायःगुरूजु अभावलाई पूर्ति गर्न समितिले थालेको पहल सह्रानीय रहेको तर प्रव्रज्या जजमान ठग्ने होईन कि संस्कार सुधारको मार्ग देखाउने गुरुजु बन्नुपर्ने बताउनुभयो ।उहाँले भिक्षुत्व ग्रहण गर्दैमा सहि अर्थमा गुरुजु नहुने भन्दै यो संस्कार मात्र वाह«खरी मात्र भएको स्पष्ट पार्नु भयो ।
बज्राचार्य अनुसन्धान टोली प्रमुख सानुराजा बज्राचार्यले बौद्ध धमलाई हाउस होल्डर मङक मार्फत घर–घर संरक्षित भइरहेको स्पष्ट पार्दै अव पुनर्जागरण गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा समितिका संरक्षक मनोज नेवाः र अध्यक्ष अञ्जिता खड्गीले देशव्यापी रूपमा बज्राचार्य परम्परालाई पुनः थालनी गर्न समितिले प्रयास गरिरहेको बताउनुभयो । जातिय पहिचान र समाजलाई लक्ष्य सहितको मार्गमा लैजनपनि बौद्ध संस्कारलाई समाजले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । सो सभालाई भिक्षुणी धम्मावती गुरुमाबाट पुर्नजगृत गृहस्थ भिक्षुत्व परम्परा सफलताका लागि सन्देश पठाउनुभएको थियो ।
पदम श्रेष्ठ