माओवादीको प्रचार सामग्रीमा फोटो राखिएपछि आयोगले सोध्यो कूलमानलाई स्पष्टिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै बिहीबारको बसेको आयोगको बैठकले कार्यकारी निर्देशक घिसिङसँग स्पष्टीकरण सोधेको हो ।

पार्टीको चुनावी प्रचार सामग्रीमा फोटो राख्ने सहमति दिएको हो कि होइन भनेर आयोगले घिसिङसँग प्रश्न गरेको छ ।

उनलाई पत्र पठाएर सात दिनभित्र प्रश्नको चित्तबुझ्दो जवाफ दिन आयोगले भनेको छ ।

नेकपा माओवादी केन्द्रले केही दिनअघि घिसिङको फोटो राखेर बनाएको चुनावी प्रचार सामग्री सार्वजनिक भएको थियो ।

Loading...