वीर अस्पतालबाट भागेका थुनुवा बुढानीलकण्ठबाट पक्राउ

काठमाडौं । वीर अस्पतालबाट उपचारको क्रममा फरार भएका थुनुवालाई प्रहरीले बुढानीलकण्ठमा पक्राउ गरेको छ ।

इन्द्रावती गाउँपालिका-३ घर भई केन्द्रीय कारागारमा थुनामा रहेका ४५ वर्षीय थुनुवा राजेश तिरुवालाई बुढानीलकण्ठ-१२ राधाकृष्ण मन्दिर नजिकबाट जिल्लारीय प्रहरी परिसरको विशेष टोलीले सोमबार पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा थुनामा रहेका तिरुवाले आफूलाई प्यारालाइसिस भएको भन्‍दै गत चैत २९ गते वीर अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवलमा पठाइएको जिल्ला प्रहरी परिसर काठडमाडौंका प्रवक्ता एवं एसपी दिनेशराज मैनालीले बताए ।

Loading...