निलम्बित गभर्नर अधिकारीले दिए सर्वोच्चमा रिट, समितिले थाल्यो छानविन

काठमाडौं । निलम्बित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकै दिन जाँचबुझ समितिले काम थालेको छ ।

निलम्बित गभर्नर अधिकारीले सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

समितिले आइतबारबाट आफ्नो काम अघ बढाएको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

२४ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्दै उनीमाथि जाँचबुझ गर्न समिति गठन गरेको थियो ।

 

Loading...