श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या

काठमाडौंको स्वयम्भूमा श्रीमती, छोरी र नातिनीको हत्यापछि काजी विकले आत्महत्या गरेका छन् । नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान ३ जनाको बिभत्स हत्यापछि उनले आत्महत्या गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ। हत्या भएको ठाउँदेखि करिब दुई किलोमिटर टाढा जंगलमा बिक झुन्डिएको अवस्थामा मृत फेला परेको वृत्त प्रमुख डिएसपी पूर्णिमा चन्दले बताइन्। […]

करेन्ट लाग्दा किसानको निधन

bhaktapur municipality building

खेतमा पानी लैजाने क्रममा करेन्ट लागी भक्तपुरमा एक किसानको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं. २ का ६६ वर्षीय गणेशमान गोराको करेन्ट लागी ज्यान गएको हो । बुधवार दिउँसो करिब ३ बजेको समयमा कालिघाट स्थित खोलाबाट आफ्नै खेतमा पानी तान्ने क्रममा अचानक करेन्ट लागी गम्भीर घाईते भएका गोरालाई उपचारको लागि भक्तपुर अस्पताल पुर्याइएको […]

माटोमा कला भरेर तीनपुस्ता बिताएका बीरपालको कथा

कञ्चनपुर । माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सातदशक अघि यता आएका हुन् । बाजेले गर्दै आएको काम उनका बुबा चिरौंजीलालले पनि निरन्तरता दिए । अहिले त्यही काम वीरपालले सम्हादै आएका छन् । वर्षौंदेखि यहाँ बस्दै आएका उनीसँग चार […]

आज भक्तपुरको मध्यपुर थिमिमा हात्ती माथि नाँच

मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज मध्यपुर थिमिमा पुलु किसि नाच पुन: देखाइने भएको हो । मध्यपुर थिमिमा देखाउने पुलु किसी नाच अन्तको भन्दा अलिक भिन्नै रहेको व्यवस्थापन समितिका तुलसीराम कुटुले बताएका छन्। उनका अनुसार यहाँको पुलु किसी जात्रा इन्द्र जात्रासंग सम्बन्धित नभई माधवनारायणको कथासंग सम्बन्धित […]

कांग्रेस महासमिति बैठक, मंगलवार प्रतिवेदन पेस गरिने

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ । मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र […]

सर्लाहीका सामुदायिक वनको संरक्षण, प्रवर्द्धन र विकासमा स्थानीय सरकारले साथ् दिनुपर्नेमा जोड

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीका सामुदायिक वनको संरक्षण, प्रवर्द्धन र विकासमा स्थानीय सरकारले साथ् दिनुपर्नेमा जोड दिइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ सर्लाहीको आयोजनामा सोमबार सम्पन्न परामर्स तथा अन्तर्किया कार्यक्रममा सो विषयमा जोड दिइएको हो । बागमती नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका महासंघका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद भण्डारीले सामुदायिक […]

बालुवाटार जग्गा प्रकरणमा मीन बहादुरलाई दुई वर्ष कैद सजाय

काठमाडौं, ३ फागुन । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय सुनाएको छ।  विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त फैसला गरेको हो। ‘मोहीको भूमिकामा रहेका प्रतिवादीहरुको बयान समेतबाट अना’धिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह […]

मुग्लिन–पोखरा सडकको पोखरा खण्डमा सुरू भयो कालोपत्रे

पोखरा, माघ २९ । मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ। कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो। आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेलले पोखरा–३२ लामेआहालबाट अस्पाल्ट कालोपत्रको काम सुरु गरिएको जानकारी दिए। उनका अनुसार यस […]

क्यासिनो माजोङ्गका संचालक श्रेष्ठलाई मुम्बईमा सम्मान

काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्गका अध्यक्ष बिनोद श्रेष्ठले आउट स्ट्यान्डिङ कन्ट्रीब्युटरको अवार्ड पाएका छन् । नेपालको पर्यटन बिकाशमा असाधारण योगदान गरेवापत माजोङ्गका अध्यक्ष श्रेष्ठले उक्त अवार्ड पाएका हुन् ।                                                  […]

अष्ट्रेलियन प्रहरीले नेपाली युवकविरूद्ध जारी गर्यो पक्राउ पुर्जी

काठमाडौं, २४ माघ । अष्ट्रेलियन प्रहरीले एकजना नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो। औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको हो। त्यहाँको प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ। अपरेशन […]