अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण, एकै दिन चार जनाको मृत्यु

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ। शनिबार अरू चारजनाको निधन भएको हो। यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु […]

खरिपाटीस्थित क्‍वारेन्टाइनमा राखिएका सबैकाे कोरोना नेगेटिभ

खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेकाे क्‍वारेन्टाइनमा राखिएका सबैकाे कोरोना नेगेटिभ देखिएको छ । यहाँ रहेका ९४ जनामा नै कोरोना भाइरस देखिएको छैन । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत उक्त रिपोर्टबारे जानकारी गराएका हुन् । ‘खरिपाटी क्‍वारेन्टाइनमा रहेका सबै ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ।’ डा […]

सुदूरपश्चिममा ‘लकडाउन’लाई थप प्रभावकारी बनाइँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले जारी लकडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि उपकरणलगायतका सामग्री र रोगको उपचार तथा […]

कोरोना परीक्षणको व्यापकता बढाउन काँग्रेसको आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कैलालीमा एक महिलामा स्थानीय व्यक्तिबाट कोरोना भाइरस सङ्क्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिइ परीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ । नेपालमा हालसम्म सङ्क्रमण देखिएका सबै विदेश यात्राबाट आएका नेपाली भए पनि कोरोना भाइरसको सातौँ सङ्क्रमण स्थानीयमा देखिनुको अर्थ मुलुक अब दोस्रो चरणमा पुगेको काँग्रेसले जनाएको छ । […]

आवागमनमा थप कडाइ गर्ने सरकारको निर्णय

  काठमाडौँ । सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा यो नै उत्तम उपाय हुन्छ भन्ने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार […]

विश्वभर कोरोनाबाट ज्यान गुमाउने ६४ हजार नाघे, ११ लाख बढी संक्रमित

काठमाडाै । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६४ हजार नाघेको छ। अहिलेसम्म ६४ हजार ३ सय १६ जनाको ज्यान गएको छ। इटालीमा १४ हजार ६ सय ८१, स्पेनमा ११ हजार सात सय ४४ र अमेरिकामा सात हजार चार सय ६ जनाको ज्यान गएको छ। फ्रान्समा ६ हजार पाँच सय ७, बेलायतमा ३ हजार […]

जहाजबाट शनिबार ३ सय २८ क्वीन्टल खाद्यान्न हुम्ला लगियो

सिमकोट । हुम्लामा शनिबार मात्र हवाई मार्गबाट ३२८ क्वीन्टल खाद्यान्न ढुवानी भएको छ। नेपालगंज र सुर्खेतबाट निजी एयरलाइन्सहरुले २१ वटा उडान भरेको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका बिष्णु प्रसाद अधिकारीले बताए। उनका अनुसार हावा नचलेको भए यो संख्या अझै बढ्ने थियो। जसमा तारा एयरले सात उडान, समिट एयरले ६ उडान र सीता एयरले आठ उडानबाट […]

‍२ जिल्लामा र्‍यापिड टेस्ट गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं । मन्त्रिपरिषद्को शनिबारको बैठकले एक पालिकाबाट अर्को पालिका, एक जिल्लाबाट अर्को जिल्ला र एक प्रदेशबाट अर्को प्रदेश जान थप कडाइ गर्ने निर्णय गरेको छ। यद्यपि लकडाउनको अवधि लम्ब्याउनेबारे भने कुनै निर्णय भएन। अहिले जारी रहेको लकडाउनको अवधि चैत २५ गते मध्यरातसम्म छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो समय केस देखिएका […]

एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

सरकारले लकडाउनमा थप कडाइ गरेको छ । सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने भएको हो । मन्त्रिपरिषदको बैठकले लकडाउनमा कडाइ गर्दै उक्त निर्णय लिएको हो । एकैदिन आज संक्रमितको संख्या ३ ले बढेर ९ पुगेपछि सरकार झस्किएको छ । १ महिला विदेश नगए पनि कोरोना […]

मास्क खोसेर अमेरिकाले ‘डकैती गरेको’ जर्मनीको आरोप

जर्मनी लैजान ठिक्क पारिएका दुई लाखबटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लगाइएको छ। बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ। बर्लिनको प्रहरीका निम्ति मगाइएका ती FFP2 मास्क गन्तव्य पुग्न पाएनन्। अहिले कोरोनाभाइरस सङ्क्रमणाबट युरोपेली देश र अमेरिका अतिप्रभावित भएको देखिएको छ। बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले […]