कोरोनाबाट विश्वमा ७ लाख ३ हजारभन्दा बढी मानिसको मृत्यु

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ हजार २४८ जनाले ज्यान गुमाएका छन् […]

कोरोनाको जोखिम बढाएको भन्दै सबै बैंंक तथा वित्तीय संस्थालाइ कारोबार बन्द गर्न महानगरको पत्राचार

मोरङ । विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरुलाई भौतिक रुपमा नगद कारोबार बन्द गर्न आग्रह गरेको छ। विराटनगरमा कोरोना भाइरस समुदायस्तरमा फैलिएकाले भौतिक रुपमा नगद कारोबार नगर्न महानगरपालिकाले विराटनगरका बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरेको हो। महानगर क्षेत्रमा लकडाउन गरे पनि बैक तथा वित्तीय संस्थामा भीडभाड भइरहेकाले संक्रमणको सम्भावना रहेको भन्दै महानगरपालिकाले लकडाउन अवधिभर विद्युतीय […]

आजदेखि पाँच दिन लकडाउन गर्ने उपमहानगरकाे निर्णय

सुनसर । कोरोना संक्रमित बढेपछि इटहरी उपमहानगरपालिका आजदेखि पाँच दिनका लागि लकडाउन लागू गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको हो। केही दिनअघि उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि इटहरीमा थप शंकास्पद व्यक्तिहरूको स्वाब नमूना संकलन गरिएको थियो। तीमध्ये मंगलबार थप चार जना संक्रमित थपिएका छन्। […]

अस्पताल लग्दै गर्दा कोरोना संक्रमित युवतीको मृत्यु

वीरगञ्ज । विरगञ्जमा काेराेनाबाट एक जनाकाे मृत्यु भएकाे छ । यससँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५९ पुगेकाे छ । विरगञ्जमा १८ वर्षीय युवती अस्पताल लैजान लाग्दा मृत्यु भएकाे हाे । पटक पटक वान्ता भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएकी ती युवतीमा परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको थियाे । पर्साको पोखरिया नगरपालिका ९ […]

शक्तिशाली वम बिस्फोट हुँदा लेबनानमा कम्तीमा ७८ जनाको मृत्यु, ४,००० बढी घाइते

काठमाडाैं । लेबनानको राजधानी बेरुतमा ठूलो बिस्फोट हुँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ। बिस्फोटनमा परी चार हजार भन्दा बढी मानिस घाइते भएको लेबनानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेरुत शहरको तटीय क्षेत्रमा भएको बिस्फोटको भिडियोमा धुवाँको मुस्लो उड्दै गरेको तथा आगो दन्किरहेको देखिन्छ । गोदाममा विगत ६ वर्षदेखि राखिएको बिस्फोटक पदार्थका […]

शव गन्हाएपछि प्रहरी हस्तक्षेप, पास्टरले जिउदो पार्ने भनेपछि ५ दिनसम्म मृतकलाइ घरमै राखिएको खुलासा

कैलाली । कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म शव घरमै राखिएको छ। स्थानीय दीपक चौधरीको घरभित्रबाट गन्ध आउन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा शव रहेको रहस्य खुलेको हो। बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । शक्तिनगर शिविरका अगुवा मोतीराम […]

कतारमा अलपत्र परेका १५१ नेपाली स्वदेश फर्किए

काठमाडाैं । कोरोना भाइरसको महामारी लगायत विभिन्न कारणले कतारमा अलपत्र परेका १५१ नेपाली स्वदेश फर्किएका छन् । कतारस्थित नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा उनीहरु स्वदेश फर्किए हुन् । दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको २३९२ उडानमा ४ बालबालिका र १८ महिलासहित १५१ जना नेपाली स्वदेश फर्काइएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव भुवन प्रसाद […]

बाढीले बगाएर भारत पुर्‍याएको गैँडाको तीनवर्षपछि उद्धार

नवलपरासी । तीन वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो तीन बजे डार्ट गरी मध्यरातमा निकुञ्ज ल्याएर छाडिएको हो । उनका अनुसार राति १ बजेतिर निकुञ्जको कसरा नजिकै […]

स्पेनका पूर्व राजाद्वारा देश छाड्ने घोषणा

काठमाडौं, २० साउन । करिब ४० वर्ष राज गरेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने भएका छन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेको समाचार सार्वजनिक भएको हो। स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको बीबीसीले जनाएको छ । उनले कहिले देश छाड्छन् […]

गाईजात्रा अर्थात साँःपारु शुरु भए पनि मन बाधेर बस्न आग्रह

भक्तपुर । आजबाट गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । यो कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ७ दिन मनाइने पर्व हो । यो पर्वमा वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गरी गाईजात्रा पर्व मनाइने प्रचलन रहिआएको पाइन्छ । नेवार समुदायले देशका विभिन्न शहरमा गाईजात्रा मनाउँछन । गाईजात्राका अवसरमा आज नेवार […]