भक्तपुरको श्रीपद्म मावि पुन: उत्कृष्ट

ललिता साह, भक्तपुर । भक्तपुरको पहिलो र देशभरिकै तेस्रो शताब्दी पुरानो सामुदायिक विद्यालय  श्रीपद्म माध्यमिक विद्यालयले यस वर्ष पनि शैक्षिक मूल्याङ्कनमा उत्कृष्टता कायम राख्न सफल भएको छ। नेपाल सरकारअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी, भक्तपुरले गरेको वार्षिक शैक्षिक मूल्याङ्कन अनुसार पद्म माद्यमिक विद्यालय पुन उत्कृष्ट सावित भएको हो । शैक्षिक […]

मेयर मिठाराम भन्छन् – मिडियाले सजिलै समाज सकारात्मक बनाउन सक्छ

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको नगर प्रमुख मिठाराम अधिकारीले राजधानीमै रहेको आफ्नो नगरपालिकालाई पत्रकार जगतले प्रोत्साहित गर्न नसकेको दुखेसो पोखेका छन् । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आयोजना गरेको “मेयरसँग पत्रकार महासंघ” कार्यक्रममा मेयर अधिकारीले बुढानिलकण्ठले गरेका राम्रा कामहरु मिडियाले नदेख्दा आफू अचम्ममा परिरहेको बताए । केही पनि भएन भन्ने भाष्यबाट माथि उठेर मिडियाले हिजो […]

भक्तपुर अस्पतालमा असार १० देखि तीनदिन आङ खसेका महिलाको निशुल्क शल्यक्रिया हुने

भक्तपुर । बागमती प्रदेश सरकार अन्तर्गत सञ्चालित भक्तपुरको दुधपाटीस्थित भक्तपुर अस्पतालमा पाठेघर (आङ) खस्ने महिलाहरूको निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रम असार १० देखि १२ गते तीन दिनसम्म सञ्चालन हुने भएको हो । डा. अनु श्रेष्ठको मोबाइल नम्बर ९८५१३३३७१७ र रोशनी श्रेष्ठको मोबाइल नम्बर ९८४१०९६०२४ मा सम्पर्क गरी उपचार आवश्यक भएका महिलाहरुको नाम […]

इजरायलमाथि परमाणु हमला गर्ने कुरा सत्य होइन : पाकिस्तानी उपप्रधानमन्त्री

इस्लामाबाद । पाकिस्तानका उपप्रधान तथा परराष्ट्रमन्त्री ईशाक दारले इजरायलमाथि पाकिस्तानले परमाणु हमला गर्ने भनिएको खबरलाई झुटो, रचिएको र गैरजिम्मेवार बताए। सामाजिक सञ्जालमा एउटा झूटा उद्धरण भाइरल भएको थियो, जसमा भनिएको थियो—यदि इजरायलले इरानमाथि हमला गर्‍यो भने पाकिस्तानले इजरायलमाथि परमाणु हमला गर्नेछ। सदनलाई सम्बोधन गर्दै दारले पाकिस्तानको परमाणु नीति रक्षात्मक मात्र रहेको स्पष्ट पारे। उनका अनुसार, […]

पालुङटार नगरपालिकाले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८२/ ०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक आज गरेको छ । १७ औँ नगर सभामा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी शासन प्रणालीलाई प्राथमिकतामा राख्दै नगर प्रमुख विवश चिन्तनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । ‘कृषकको हात, स्थानीय सरकारको साथ ’ भन्ने मूल नारासहित सुशासन, […]

भारतीय अहंकारले नेपाल हिन्दु राष्ट्र नरहेको भारतीय नेता दुबेको दावी

न्यूजकारखाना, काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ सांसद तथा गोड्डा निर्वाचन क्षेत्र (झारखण्ड) बाट चौथो कार्यकालका लागि निर्वाचित डा. निशिकान्त दुबेले नेपालको हिन्दू राष्ट्रको पहिचान मेटिनुको दोष भारतीय कांग्रेसको परिवारवादी विदेश नीतिलाई दिएका छन्। सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा आफ्नो धारणा सार्वजनिक गर्दै दुबेले ऐतिहासिक घटनाक्रमको सिलसिलामा कांग्रेस नेतृत्वको भूमिका र त्यसबाट भारत तथा […]

गरुडामा नि:शुल्क कृषि बिजुली

सञ्जय मिश्रा, रौतहट । रौतहटको गरुडा नगरपालिकाले पनि किसानले सिंचाई प्रयोजनको लागी चलाएको कृषि मीटरको विद्युत महशुल भुक्तानी गरेको छ।  जिल्लाको १८ पालिका मध्ये यस अघी मौलापुर, फतुवा बिजयपुर र बौधिमाई नगरपालिकाले नगरवासीको विधुत महशुल भुक्तानी गर्दै आएको थियो । अब गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालको पहलमा यस आर्थिक बर्ष देखि कृषिमीटरको विद्युत महशुल […]

पुरस्कार पाउनुपर्नेमा सजाय पाएको भन्दै भावुक स्टाटस लेखेर ३४ वर्षिय डा श्रेष्ठ सम्पर्कविहीन

अपडेट : भावुक स्टाटस लेखेर सम्पर्कविहीन भएका डा केशव श्रेष्ठ भेटिएका बताइएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तारकेश्वर नगरपालिका–३ बाट उद्धार गरेको बताइएको छ ।   काठमाडौ । रामेछापस्थित बागमती प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहीसकेका डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन् । फेसबुकमा आत्मदुख […]

बजेटमाथि उठेका प्रश्नबार आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं, २ असार । आज प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीको बेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्व आशनमा उभिएर गरिएको बिरोध कायमै राखिरहेको बखतका बाबजुद पनि शुक्रबारवाट संसद सुचारू गरिएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवम् […]

रवि लामिछाने विरुद्ध वीरगन्जमा पनि मुद्दा दर्ता

पर्सा, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरूद्दमा पर्सामा पनि मुद्दा दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीका अनुसार १ […]