भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता, खोजीकार्य जारी

सुर्खेत । रुकुम पश्चिममा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । मंगलबार राति टिपर भेरी नदीमा खसेको हो ।

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायव निरीक्षक (सइ) शिउकुमार चौधरीले जानकारी दिए ।

सइ चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको सइ चौधरीले बताए ।