काठमाडौ । एअर इण्डिया विमान नम्बर AI-171 आज दिउँसो गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त भएपछि भारत सरकारका गृहमन्त्री अमित शाह घटनास्थलमा पुगेर स्थिति अवलोकन गरेका छन्। उनले उक्त दुर्घटनामा बाँचेका एकमात्र यात्रीसँग पनि कुराकानी गरेका छन्। भारतीय सञ्चार माध्यम अमर उजालाले जनाए अनुसार घटनापछि पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शाहले भने, “यो घटना अत्यन्तै दुःखद र स्तब्ध पार्ने […]
मुख्य समाचार
मध्यपुर थिमि एलोपेथी, आयुर्वेद र होमियोप्याथी सेवा दिने देशकै पहिलो पालिका
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक तीनवटै पद्धतिबाट स्वास्थ्य सेवा प्रवाह गर्ने पहिलो पालिका बन्न सफल भएको छ । वडा नं. ७ नगदेशमा बिहीबार नगरपालिकाले होमियोप्याथिक स्वास्थ्य केन्द्र संचालनमा ल्याएसंगै चिकित्सा पद्धतिबाट सेवा दिने मध्यपुर थिमि पहिलो पालिका बन्न सफल भएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले दावी गरेका हुन्। […]
टेलिकमको निमित्त प्रवन्ध निर्देशकमा मास्के
काठमाडौ । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी अब सबिना मास्केले सम्हाल्ने भएकी छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मास्केलाई निमित्त प्रबन्ध निर्देशकका रूपमा कामकाज गर्ने जिम्मा दिइएको हो। पूर्व प्रबन्ध निर्देशक संगीता पहाडीमाथि बिलिङ प्रणालीमा अनियमितता र आर्थिक हिनामिनासम्बन्धी आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर […]
काठमाडौ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनालाई मुद्दा
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सामाखुसी करिडोर अन्तर्गत ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको आरोपमा आयोगले परियारसहित अन्य पदाधिकारीहरूलाई मुद्दा हालेको हो। परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशकको जिम्मेवारीमा कार्यरत छन्। उनीसँगै मुद्दा पर्नेको सूचीमा बोलपत्र मूल्यांकन […]
सम्पादक बगालेको स्पष्टीकरण- संलग्नता नरहेको र जानकारी नै नभएको विषयमा बदनाम गरियो
काठमाडौं । जनसवाल दैनिकका प्रकाशक तथा सम्पादक रामजी बगालेले आफु माथी परेको मुद्दा स्पस्टीकरण दिएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘फेक बिज्ञापन’ गरेको भन्दै बिशेष अदालतमा मुद्दा दर्ता गरे पछि आफुवाट त्यस्तो काम नै नभएको दावीसहित उनले स्पष्टीकरण दिएका हुन् । एक प्रेस बिज्ञप्ति जारी गर्दै सम्पादक बगालेले हरेक दिन प्रेस काउन्सिलाई बुझाउने पिडिएफ […]
गर्मीबाट बच्न घरमै बनाउनुस् मोजितो
काठमाडौं । गर्मीमा मानिसहरु गर्मीबाट बच्न, शरीरलाई हाइड्रेटेड राख्न र उर्जावान रहन धेरै प्रकारका चिजहरुको सेवन गर्ने गर्छन् । खरबूजा, कागती पानी र अन्य धेरै चीजहरूले गर्मीमा शरीरलाई चिसो र हाइड्रेट गर्न मद्दत गर्दछ। एक मोजितो पनि यसमा पर्न जान्छ । यसलाई कागती, पुदिना र अन्य धेरै चीजहरू मिसाएर बनाइन्छ। गर्मीबाट राहत दिनुका साथै पाचन […]
सिंहदरवार बोलाएर सञ्चारकर्मीलाई दिइयो जीवन विज्ञानको मूलमन्त्र
काठमाडौ । “यदि प्रत्येक व्यक्तिले दिनमा १५ मिनेट योगाभ्यास गर्छ भने, सरदर आयुमा १४ वर्ष थपिन सक्छ,” जीवन विज्ञान प्रतिष्ठानका संस्थापक गुरु एलपी भानु शर्माले भने । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा आयोजित ‘योग प्रशिक्षण कार्यक्रम’मा योग अभ्यास गराउँदै मंगल बार उनले यस्तो तथ्य बताएका हुन् । सिंहदरवारस्थित रेडियो नेपालको सभाहलमा […]
सूचनाको हक सम्बन्धी अभियन्तासंग जिल्ला हुलाक कार्यालय भक्तपुरको अन्तरक्रिया
भक्तपुर । जिल्ला हुलाक कार्यालय भक्तपुरले सूचनाको हक कार्यान्वयनलाई जिल्लामा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अभियन्ता एवं सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कार्यालय प्रमुख सीता साम्बाले सूचनाको हक कार्यान्वयनको अवस्थाबारे अवगत गराउँदै सरोकारवालासंग यसका लागि आवश्यक सुझाव लिएकी हुन् । कार्यालय प्रमुख साम्बाले हालसम्म ३५ वटा कार्यालयले सूचनाको हक प्रयोग गरी माग भएका सूचनाको […]
नागढुंगा सुरुङ पुससम्म सञ्चालन हुने
काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाको यात्रालाई सहज बनाउने लक्ष्यसहित निर्माणाधीन सिस्नेखोला–नागढुंगा सुरुङमार्गको मुख्य टनेलको निर्माण कार्य सम्पन्न भएसँगै सुरुङ सञ्चालनअघि आवश्यक प्राविधिक परीक्षण (फेसिलिटेट टेस्टिङ) सुरु गरिएको छ। २६८८ मिटर लामो मुख्य टनेलमा अत्याधुनिक कन्टिन्युअस्ली रिइन्फोर्स्ड कंक्रिट पेवमेन्ट (सीआरसीपी) प्रविधिबाट कंक्रिट कार्य सम्पन्न भइसकेको छ। नेपालमा यो प्रविधि पहिलोपटक प्रयोग गरिएको हो। […]
एमाले नेता महेश बस्नेतको प्रश्न – वाइसीएल सम्मेलन कि पद वितरणको कुम्भ मेला
भक्तपुर । नेकपा एमालेकाे युवा संघ अन्तर्गत युथ फोर्सको अध्यक्ष भएपछि राजनीतिक सफलता थप्दै गएका नेकपा एमालेका पाेलिटव्युराे सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे युवा संगठन वाइसीएल नेपालकाे केन्द्रीय नेतृत्व प्रति असन्तुष्टि प्रकट गरेका छन् । सार्वजनिकरुपमै उनले वाइसीएल सम्मेलनलाई पद वितरणको कुम्भ मेला भनेका छन् । ७४ सदस्यीय पदाधिकारी […]











