काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, काठमाडौंको पशुपति लगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् । यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् । हरेक सोमबारको दिन व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन् । अनि बेलपत्र, […]
मुख्य समाचार
गाजामा राहत पर्खिरहेका भोकाहरूमाथि इजरायली सेनाले अन्धाधुन्ध चलायो गोली, ६७ जनाको गयो ज्यान
काठमाडौ । गाजाको उत्तरी क्षेत्रमा आइतबार मानवीय सहायता प्राप्त गर्न जम्मा भएका निहत्था नागरिकहरूमाथि इजरायली सेनाले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले गाजास्थित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ। पछिल्ला केही दिनयता गाजा भोकमरीको चरम अवस्थामा पुगेको छ। खाद्य सामग्री नपुग्दा हजारौं नागरिकहरू खासगरी बालबालिका, महिला र वृद्धहरू भोककै […]
भक्तपुर एकेडेमी अफ टुरिजम हस्पिटालिटी म्यानेजमेन्ट(बाथम) छ वर्ष पुगेको अवसरमा रक्तदान
भक्तपुर । भक्तपुर-१ सल्लाघारीस्थित भक्तपुर एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट(बाथम)ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सोमबार बिहान बाथमले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । स्थापनाको छैटौं वार्षिक उत्सवको अवसर पारेर सोमबार बिहान रक्तदान कार्यक्रम सम्पन्न गरिएको बाथमका प्रवन्ध निर्देशक राजु कलजुले बताए । रक्तदानमा बाथमका विद्यार्थी र कर्मचारी […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी क्षेत्रमा छ धेरै वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको […]
तारकेश्वरको पिपलडाँडा खेल मैदानमा महिला मृत फेला
काठमाडौं । काठमाडौँको तारकेश्वरमा एकजना महिलाको शव भेटिएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर–८ स्थित पिपलडाँडा खेल मैदानमा बारमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।’ घटनास्थलमा मोबाइल पनि भेटिएको छ । […]
वार्तापछि विद्याको प्रतिक्रिया- सदस्यता नवीकरण भइसक्यो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् । आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताइन् । ‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ भण्डारीले भनिन्, ‘मैले पहिल्यै नवीकरण गरेको […]
च्यासलमा ओली र विद्याबीच २ घण्टा ‘वान टु वान’ वार्ता, के भयो कुराकानी ?
काठमाडौैं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति तथा एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीबिच झन्डै २ घण्टा ‘वान टु वान’ वार्ता भएको छ । पार्टीभित्र भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आइतबार एमाले कार्यालय च्यासलमा ओली र भण्डारीबिच झन्डै दुई घण्टा छलफल भएको हो । […]
ओली र भण्डारीले खिचाए तस्बिर
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी बिच भएको छ। च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी ३ः२० मा प्रवेश गरे पनि प्रधानमन्त्री ओली भने दिउँसो ३ः५७ मा आफ्नो कार्यकक्षमा प्रवेश गरेका थिए, जहाँ भण्डारी अध्यक्ष ओलीलाइ कुरिरहेकी थिइन् । पार्टी जिम्मेवारीमा फर्कने भण्डारीको चाहानामा […]
काहुँखोलाको बाढीले पोखराको २ घरमा क्षति, दर्जनौं घर जोखिममा
पोखरा । पोखरा महानगरपालिका– १३ घट्टेखोलामा काहुँखोलामा बाढी आउँदा दुइटा घरमा क्षति पुगेको छ। वडाध्यक्ष किरण बरालका अनुसार आइतबार विहानदेखि उद्धारमा खटिएकाले मानवीय क्षति भने हुन पाएन । खोलामा बनाइएको बाँध फुटेर आएको बाढीले स्थानीयको दुइटा घरको केही भाग बगाएको बरालले बताए । खोलामा बाढी बढेका बखत अरु घरहरु पनि जोखिममा रहेको उनले बताए । ‘घट्टेखोलामा […]
मुकुन्दश्याम गिरीमाथिको कारबाही फिर्ता लिन राप्रपा महामन्त्री शाहीसहित १६ नेताको अपिल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्तिकुमारी शाहीसहित कर्णालीका १६ जना नेताहरूले उपाध्यक्षबाट पदमुक्त गरिएका मुकुन्दश्याम गिरीमाथिको कारबाही फिर्ता लिन माग गर्दै अपिल जारी गरेका छन्। शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनीत उपाध्यक्ष गिरीलाई पदमुक्त गरेका थिए। कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले उपाध्यक्ष गिरीलाई पूर्ववत् अवस्थाकै पदमा फर्काउन माग गर्दै सामूहिक अपिल निकालेका […]











