४५ फाइलबाट १० अर्ब भ्रष्टाचार गर्ने शर्माले सेवा अवधिभर कति भ्रष्टाचार गरे ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध झ्ण्डै ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ । आयोगले कर फस्र्योट आयोगका दुई सदस्य लुम्बध्वज महत र उमेश ढकाललाई पनि भ्रष्टाचारको अभियोगमा बिहीबार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । यो आयोगको इतिहासमै सबैभन्दा […]

उज्वेकिस्तानी युवतीका लागि काठमाडाैं विमानस्थलमा खतरानाक सेटिङ

काठमाडौं, ३० असार । नेपालको प्रवेशाज्ञा (भिसा) किर्ते गरेर अध्यागमनका कर्मचारीको ‘सेटिङ’ मा भारतको दिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज चढिसकेकी उज्वेकिस्तानी युवती पक्राउ परेकी छन् ।गैरकानुनी ढंगले नेपालमा बिनाभिसा (ओभर स्टे) बसेकी उज्वेक युवती नाजोकात जारिपोरालाई विमानस्थल अध्यामगनका कर्मचारीले गत सोमबार जेट एयरलाइन्सबाटै पक्रेका हुन् । जारिपोराले नेपालको भिसामा किर्ते गरेर मिति सच्याएकी थिइन् […]

बच्चाको जन्मदिन मनाइरहेका बेला गोलाबारी हुँदा ११ को मृत्यु

काठमाडाैं, ३० असार । जन्मदिन मनाइरहेका बेला गोलाबारी हुँदा मेक्सिकाेमा ११ जनाको ज्यान गएको छ । जन्मदिनको पार्टीमा सहभागी ११ वयस्कको ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ३ बालबालिकाको उद्दार गरिएको छ । मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा घर बाहिर टेन्ट राखेर जन्मदिनको पार्टी मनाइरहेका बेला बन्दुकधारीले आक्रमण गरेको हो । मेक्सिकोमा लागु औषध […]

स्टार फरवार्ड मेस्सीलाई मिड फिल्डबाट खेलाउने बार्सिलोनाको तयारी

काठमाडाैं, २९ असार । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीको पोजिसन परिवर्तन गर्ने सम्बन्धमा कुरा हुन थालेको छ । बार्सिलोनाले उनलाई सेन्टर मिड फिल्डबाट खेलाउने तयारी गरिरहेको हो । बार्सिलोनाका डिफेन्डरहरु पनि मेस्सीलाई मिड फिल्डबाट खेलाउँदा खेल अझै सुधार हुने अपेक्षा गर्छन् । जेरार्ड पिकेले मेस्सीलाई मिड फिल्डबाटै खेलाउँदा पनि आफूहरुको खेलको तरीका […]

सन्दिपको कप्तानीमा विश्वकप क्रिकेट छनौटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, २९ असार । सन्दिप लामिछानेकाे कप्तानीमा नेपालले विश्वकप क्रिकेटकाे छनाेट खेलका लागि नेपाली टाेलीकाे घाेषणा गरेकाे छ । सन् २०१८ मा न्युजिल्याण्डमा हुने उन्नाइस वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताका लागि नयाँ टिम घाेषणा गरिएकाे हाे । नेपालका लागि १४ खेलाडीको सूची सार्वजनिक गरिएको छ । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर बेंकटापथी राजु प्रमुख रहेको […]

सरकारतर्फ कर्के नजर नलगाउन कामु प्रधानन्यायाधीशलाई अाग्रह

काठमाडौँ, २९ असार । कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसँग मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले न्यायिक स्वतन्त्रता, निष्पक्षता, दक्षता र पारदर्शीलगायतका विषयमा समाजले अघि सारेको १० बुँदे अवधारणाबारे ध्यानाकर्षण गराएको छ । व्यवस्थापिका र न्यायपालिकाको गरिमा र मर्यादा उचो राख्न सम्बन्धित निकायका नेतृत्व वर्गलगायतले विशेष ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गराउँदै प्रतिनिधिमण्डलले विगतमाजस्तो न्यायपालिकाको नेतृत्वले सरकारको नेतृत्व गर्ने गलत […]

मेनपावर व्यवसायीको निर्वाचनमा पनि कांग्रेसलार्इ अन्तर्घातकाे डर

काठमाडौँ, २९ असार । नेपाली काँग्रेसका नेताहरुले वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि शुक्रबार हुने निर्वाचनमा अन्तर्घात नगर्न काँग्रेस निकट व्यवसायीलाई आग्रह गरेका छन् । नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरमको ‘बिमल ढकाल संयुक्त व्यवसायी समूहको भेलालाई बुधबार सम्बोधन गर्दै काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले […]

अमेरिकासँग युद्धको तयारीमा रुस । अाणविक रेलमार्ग तयार पार्न पुटिनको निर्देशन

काठमाडौं । अमेरिकासँगको सम्बन्ध चिसिँदै जाँदा रुसले युद्धको तयारीमा लागेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्‍वयुद्ध हुनसक्ने भन्दै तयारी रहन निर्देशन दिएसँगै रुस अाणविक हतियार निर्माणमा जुटेको छ । उसले हाइड्रोजन बमसँगै अाणविक रेलमार्ग निर्माणमा रुस जुटेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यो कुराको पुष्टी गर्दै रुसका उप प्रधानमन्त्री डिमित्री रोगोजिनले नयाँ २ आणविक […]

जनार्दनलार्इ कडाभन्दा कडा कारवाही गर्न माग गर्दै बाबुराम पुगे देउवासँग

काडमाडाैं, २८ असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरलार्इ कारवाही गर्न माग गर्दै नयाँ शक्ति नेपालका संयाेजक डा. बाबुराम भट्टरार्इ प्रधानमन्त्री शेरबहादुर देउवासँग पुगेका छन् ।  देउवा सरकारमा गृहमन्त्री रहेका जनार्दन यसअघि उर्जा मन्त्री हुँदा गरेका कामकाजका फेहरिस्त लिएर बाबुराम प्रम देउवाकाेमा पुगेका हुन् । डा. भट्टरार्इले उर्जामन्त्री हुँदा जनार्दनले ठूलाे कमजाेरी गरेकाे दावी गरेका छन् […]

रत्नपार्कको २५ तले भ्यूटावर नबन्दै ढल्यो । निर्माता कम्पनीसँगको सम्झाैता रद्द

अाशिष दर्नाल काठमाडाैं । रत्नपार्कमा रहेकाे पुरानाे बसपार्क हटाएर २५ तले भ्यू टावर बनाउने याेजना तुहिएकाे छ । अब साे ठाउँमा भ्यू टावर नबन्ने पक्कापक्की भएकाे छ । काठमाडाैं महानगरपालिकाले भ्यू टावर निर्माता कम्पनीले एक वर्ष बितिसक्दा पनि खास काम नगरेपछि कम्पनीकाे सम्झाैता नै रद्द गर्ने प्रक्रियामा अघि बढेकाे छ । जलेश्वर विकाेइ स्वछन्द नामकाे […]