अमेरिकासँग युद्धको तयारीमा रुस । अाणविक रेलमार्ग तयार पार्न पुटिनको निर्देशन

काठमाडौं । अमेरिकासँगको सम्बन्ध चिसिँदै जाँदा रुसले युद्धको तयारीमा लागेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्‍वयुद्ध हुनसक्ने भन्दै तयारी रहन निर्देशन दिएसँगै रुस अाणविक हतियार निर्माणमा जुटेको छ । उसले हाइड्रोजन बमसँगै अाणविक रेलमार्ग निर्माणमा रुस जुटेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

यो कुराको पुष्टी गर्दै रुसका उप प्रधानमन्त्री डिमित्री रोगोजिनले नयाँ २ आणविक प्रणाली विकास गर्न लागेको रुसी पत्रिका प्राभ्डालाई जानकारी दिएका छन् ।
मालसामान ढुवानी गर्ने रेलमार्ग जस्तो देखिने नयाँ रेलमार्गको नाम बार्गुजिन राखिएको मेट्रो समाचारले जनाएको छ । यो रेलमार्गमा चल्ने हरेक ट्रेनमा ६ वटा थर्मोन्युक्लियर क्षेप्यास्त्र प्रहार गर्ने क्षमता रहनेछ । गोप्य रूपमा चल्ने यो मार्गलाई कुनै पनि आक्रमणबाट ध्वस्त गर्न नसकिने पनि जनाइएको छ ।

आणविक शक्ति सम्पन्न राष्ट्र रुसले ‘शैतान–२’ नामको खतरनाक क्षेप्यास्त्र बनाउने पनि बताएको छ । नयाँ क्षेप्यास्त्रले १० वटासम्म वारहेड बोक्न सक्ने छ जसले औसत क्षेत्रफलको कुनै पनि मुलुकलाई तहसनसह गर्न सक्छ । यो क्षेप्यास्त प्रति सेकेण्ड ७ किलोमिटरका दरले उड्न सक्ने छ ।

नयाँ आणविक प्रणालीले भविष्यमा हुने कुनै पनि युद्धबाट रुसलाई सुरक्षित राख्ने त्यहाका अधिकारीले बताएका छन् । तर पश्चिमा मुलुकले भने राष्ट्रिय सुरक्षाका नाममा रुसले तेस्रो विश्व युद्धको तयारी गरिरहेको आरोप लगाएका छन् ।

Loading...