रत्नपार्कको २५ तले भ्यूटावर नबन्दै ढल्यो । निर्माता कम्पनीसँगको सम्झाैता रद्द

अाशिष दर्नाल
काठमाडाैं । रत्नपार्कमा रहेकाे पुरानाे बसपार्क हटाएर २५ तले भ्यू टावर बनाउने याेजना तुहिएकाे छ । अब साे ठाउँमा भ्यू टावर नबन्ने पक्कापक्की भएकाे छ । काठमाडाैं महानगरपालिकाले भ्यू टावर निर्माता कम्पनीले एक वर्ष बितिसक्दा पनि खास काम नगरेपछि कम्पनीकाे सम्झाैता नै रद्द गर्ने प्रक्रियामा अघि बढेकाे छ ।

जलेश्वर विकाेइ स्वछन्द नामकाे कम्पनीले भ्यू टावर बनाउन महानगरसँग सम्झाैता गरेकाे थियाे । सार्वजनिक जग्गालार्इ निजी कम्पनीलार्इ व्यापारिक प्रयाेजनमा दिन लागिएकाे भन्दै स्थानीयले ठूलाे विराेध गरे पनि महानगरपालिकाका केही कर्मचारीले जवरजस्त उक्त कम्पनीलार्इ भ्यू टावर बनाउने जिम्मा दिएकाे थियाे । दुर्इ वर्ष अगाडि नै भ्यू टावर बनाउन सुरु भए पनि अाजसम्म पनि साे कम्पनीले कुनै काम गरेकाे छैन । भुकम्प जानु अघि २५ तलाकाे अग्लाे भ्यू टावर बनाउने भनिएकाे थियाे । तर, भुकम्पपछि १३ तला घटाएर जम्मा १२ तला मात्र बनाउने भनिएकाे थियाे । त्यसपछि निर्माता कम्पनीले अाफ्नाे काममा सुस्तता ल्याएकाे थियाे ।

स्राेतका अनुसार याे भ्यू टावर बनाउने निर्माता कम्पनीले बिभिन्न सरकारी कर्मचारीलार्इ समेत मिलाएर बैंककाे ठूलाे ऋण लिने याेजना बनाएकाे थियाे । महानगरपालिकाकै उच्च तहका कर्मचारी समेतकाे मिलेमताेमा याे याेजना अघि बढाइएकाे तर भुकम्प गएपछि १३ तला घटाएसँगै भागवण्डामा समस्या परेपछि कम्पनी पछि हटेकाे स्राेतकाे दावी छ । बैंककाे ठूलाे ऋण ल्याएर भ्यू टावरमा ठूलाे व्यापार गर्ने उनीहरुकाे याेजना रहेकाे तर त्यसरी बाँडिएकाे भागवण्डा १२ तलाले मात्र नपुगेपछि याेजना लथालिङ्ग भएकाे हाे ।

पछिल्लाे समय भ्यू टावर निर्माता कम्पनी अालटाल मात्र गरेर बसिरहेकाे थियाे । भ्यू टावर बनाउने ठाउँमा राखिएका केही उपकरण र ती उपकरण हेर्न जिम्मा दिइएका कर्मचारी कामदार यतिबेला अलपत्र परेका छन् । उनीहरुले लामाे समयदेखि पारिश्रमिक पनि पाएका छैनन् । कम्पनीका सञ्चालकहरु सम्पर्क विहिन भएकाे कर्मचारी बताउँछन् ।

कामनपाले २ महिना अघि कम्पनीलार्इ कामको प्रगति विवरण बुझाउन पत्राचार गरेकाे थियाे । तर, कम्पनीले अहिलेसम्म पनि कुनै जवाफ दिएकाे छैन । कम्पनीले कुनै विवरण पेश नगरेपछि बाेलपत्र सम्झाैता रद्द गर्नुपरेकाे महानगरपालिकाले जनाएकाे छ ।

भ्यू टावर निर्माता कम्पनी जलेश्वर विकोइ स्वच्छन्दका मालिक मनोज भेटवाल स्राेतले भने महानगरका केही कर्मचारीकाे गलत मनसायका कारण काममा ढिलार्इ भएकाे जनाएकाे छ । कम्पनीका एक कर्मचारीले महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सुरुदेखि नै ठूलाे रकम कमिसन खान खाेजेकाे दावी गरेका छन् । कार्कीले याे याेजना पास गर्दा पनि ठूलाे रकम कमिसन खाएकाे उनकाे दावी छ ।

महानगरपालिका र निर्माण कम्पनीबीच दुई वर्षभित्र भ्यू टावर निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, हालसम्म एक प्रतिशत पनि प्रगति नभएको महानगरका कर्मचारी बताउँछन् । कम्पनीलार्इ कामनपाले यसअघि पनि नियमित काम गर्नका लागि चेतावनी दिएको थियो ।

२५ तले भ्यू टावर बनाउन सुरुमा तीन अर्ब लाग्ने भनिएकाे थियाे । भुकम्पपछि कम्पनीले फेरि सम्झाैता गरी २५ तलाबाट १२ तलामा झरेकाे थियाे । एक वर्ष अघि सम्झाैता नविकरण गरेकाे कम्पनीले निर्माण सुरु गरेको १८ महिनामा सबै काम सक्ने प्रतिबद्धता गरेकाे थियाे ।

यसैबीच महानगरपालिकाकाे वार्ड नं २८ का नवनिर्वाचित वडा अध्यक्ष भाइराम खड्गी याे सार्वजनिक क्षेत्रमा यस्ता ठूला व्यापारिक भवन बनाउन नमिल्ने बताउँछन् । उनले भ्यू टावर बनाउने चर्चा सुरु हुँदादेखि नै विराेध उत्रेका स्थानीयवासीकाे अावाज नै नसुनिएकाे बताउँछन् । भुकम्पपछि खुल्ला जमिनकाे महत्व अझै बढेकाे बताउँदै वडा अध्यक्ष खड्गीले भ्यू टावर निर्माण गर्दा त्यस वरपरका ठूलाे जनता मारमा पर्ने बताए । उनीहरुकाे अावाज जनप्रतिनिधि हुनुका नाताले अाफूले कदर गर्दै भ्यू टावरका बारेमा पुनर्विचार गराउन अाफू लाग्ने बताए । उनले यसअघि काठमाडाैं मल बनाउँदा सुन्धाराकाे पानी सुकेजस्तै रत्नपार्कमा यति ठूलाे भ्यू टावर बनाउँदा एेतिहासिक रानीपाेखरीसहित यस वरपरका क्षेत्रमा जमिनबाट निकालिने पानी पूरै सुक्ने बताए ।

Loading...