रोटरी क्लब अफ भादगाउँद्वारा निर्मित प्रहरी भवन हस्तान्तरण

Rotary club of Bhadgau

भक्तपुर । जेनजी आन्दोलनकारीले गत भदौ २४ गते जलाएको भक्तपुर-१ सल्लाघारीस्थित प्रहरी बिट रोटरी क्लब अफ भादगाउँले निर्माण गरी शनिबार स्थानीय प्रहरी प्रभाग कटुन्जेलाई हस्तान्तरण गरेको छ ।   समुदाय–प्रहरी साझेदारी सुदृढ गर्दै प्रभावकारी सेवा पहुँच विस्तार गर्ने उद्देश्यले भवन निर्माण गरी हस्तान्तरण गरिएको स्थानीयसमेत रहेका क्लबका पास्ट प्रेसिडेन्ट प्रकाश थापाले बताएका छन् ।   […]

पत्रकार आचार्यको असामयिक निधन

कालिकोट । सडक दुर्घटनामा परी पत्रकार वीरेन्द्र आचार्यको असामयिक निधन भएको छ । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष समेत रहेका रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार आचार्य सवार स्कुटीलाई मोटरसाईकलले ठक्कर दिदाँ उनको ज्यान गएको हो । वीरेन्द्रनगर नगरपालिकाको २ मा दुर्घटना भएको र उपचारको क्रममा सुर्खेत अस्पतालमा उनको ज्यान गएको प्रहरीले जनाएको छ । […]

क्रिप्टो कारोबारी सेफ समातिए

काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो । कारोबार गर्न […]

शिक्षकहरु नआएपछि विद्यालयमा विद्यार्थीले लगाए ताला

जाजरकोट । जाजरकोटको एक माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । तालाबन्दी गरेपछि विद्यालयको पढाइ ठप्प भएको छ । जाजरकोटको कुशे गाउँपालिका वडा नं. १ काफलपाटामा रहेको तपोधेनु माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विद्यालयमा पढाउने शिक्षकहरु कोही पनि नआएपछि पढ्न गएका विद्यार्थीहरुले आफ्नो पढ्न पाउने नैसर्गिक अधिकार हनन भएको भन्दै तालाबन्दी गरेका हुन् […]

प्रधानमन्त्री भेट्न भन्दै सिंहदरबार छिर्न खोजेको जेन-जी समूहलाई प्रहरीले फर्कायो

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै सिंहदरबार छिर्न खोजेको जेन-जी समूहलाई प्रहरीले फर्काइदिएको छ । मंगलबार मिराज ढुंगानासहितको जेन-जी समूह सिंहदरबार छिर्न खोजेको थियो । तर निषेधित क्षेत्र भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले निषेधित क्षेत्रमा ६० भन्दा बढीको संख्यामा प्रवेश गर्न खोजेकाले उनीहरूलाई हटाइएको बताए […]

राप्रपाले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि पार्टीले आयोगमा दल दर्ता गराएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले बुधबार (भोलि) सम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको काम अघि बढाएका हुन् । आयोगमा ६२ भन्दा बढी दल दर्ता […]

लो प्रोफाइलमा रहँदै आएका सुमनराज मुख्यसचिव नियुक्त

काठमाडौ । सरकारले सचिव सुमनराज अर्याललाई निजामती सेवाको सबैभन्दा उच्च प्रशासनिक पद मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम अनुमोदन गरेको हो। पहिलेका मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा जानुअघि नयाँ मुख्यसचिवको दौडमा प्रमीला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्करको नाम पनि चर्चामा थिए। तर अन्ततः सरकारको रोजाइमा […]

दुर्गा प्रसाईँको समूहले फिर्ता लियो नेपाल बन्दको कार्यक्रम

काठमाडौँ । सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबिच आज हुने घोषणा गरिएको नेपाल बन्द र अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । सरकार र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबिच शनिबार बालुवाटारमा भएको वार्ताका क्रममा सो सहमति भएको हो । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा […]

जेनजी युवाहरूलाई प्रचण्डले भने- अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिन्छु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब युवाहरूलाई नै मुलुकको जिम्मेवारी सुम्पिने बताएका छन् । यो पार्टीले शनिबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेनजी युवाहरुसँग संवाद कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो पुस्ताले वैचारिक रुपमा, सांस्कृतिक रुपमा युवा पुस्तालाई गाइडेड गर्ने बताए । ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो, […]

तिलगंगाको आँखा सेवा ख्वप: अस्पतालमै, सेवाग्राही खुशी

भक्तपुर । भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको च्यामासिंहस्थित ख्वप: अस्पतालमा आँखाका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रवाह भइरहेको छ । नेपाल आँखा कार्यक्रम र भक्तपुर नगरपालिकाको सहकार्यमा ख्वप: तिलगंगा आँखा अस्पतालमार्फत भक्तपुरमै तिलगंगाको सेवा प्रवाह भइरहेको हो । अस्पतालका प्रशासन तथा अपरेशन इन्चार्ज डाक्टर धिरज अधिकारीका अनुसार यो तिलगंगा आँखा अस्पतालकै संस्थागत शाखा हो । “भक्तपुर नगरपालिकासँग समन्वय […]