काठमाडौँ । नेपाली कांग्रेस को संसदीय दल नेता चयन प्रक्रिया अन्तिम समयमा आएर स्थगित गरिएको छ। निर्वाचन समितिले सार्वजनिक गरिसकेको कार्यतालिकाअनुसार शुक्रबार अपराह्न ३ बजेदेखि मनोनयन दर्ता हुने तय थियो। तर केन्द्रीय कार्यसम्पादन समितिको निर्देशनपछि प्रक्रिया रोकिएको हो। निर्वाचन समितिकी सदस्य मुना भुसाल ले सहमतिमै नेता चयन गर्ने प्रयासस्वरूप प्रक्रिया स्थगन गरिएको बताइन्। उपसभापति विश्वप्रकाश […]
मुख्य विशेष
नदी किनार खाली गराउने सरकारको तयारी, सुकुमबासी आन्दोलन चर्कियो
काठमाडौँ । सरकारले नदी किनारका सुकुमबासी बस्ती हटाउने तयारी थालेपछि प्रभावित बस्तीका बासिन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयतर्फ जान थालेका छन्। आफूहरूलाई तत्काल नहटाउन दबाब दिनका लागि उनीहरू वनस्थलीस्थित पार्टी कार्यालय पुग्न लागेको जनाइएको छ। नदी किनारमा घर तथा टहरा बनाएर बसोबास गर्दै आएका सुकुमबासीहरू कार्यालयतर्फ आउने सूचना पाएपछि रास्वपाको केन्द्रीय कार्यालयमा सुरक्षा […]
सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको हो। बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो […]
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । […]
समयअघि नै पुल र सडक सम्पन्न, दाहाल लगायत निर्माण व्यवसायी सम्मानित
सिन्धुली। विकास निर्माणका कामहरू ढिलासुस्ती भइरहेका बेला सिन्धुलीमा भने समयअघि नै आयोजना सम्पन्न भएको छ। पिपलभन्ज्याङ–रामपुर सडक खण्ड अन्तर्गत निर्माणाधीन दुई वटा पुल र कालोपत्रे सडक निर्धारित समयभन्दा अगाडि सम्पन्न भएपछि सम्बन्धित निर्माण व्यवसायीहरूलाई सम्मान गरिएको छ। पूर्वाधार विकास कार्यालय सिन्धुलीको आयोजनामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटाले निर्माण व्यवसायीहरूलाई प्रमाणपत्रसहित […]
र्यान्समवेयर आक्रमणका घटना बढ्न थालेपछि सरकारले जारी गर्यो एडभाइजरी
काठमाडौं । पछिल्लो समय सूचना प्रविधि प्रणालीहरूमा र्यान्समवेयर आक्रमणका घटनाहरू तीव्र रूपमा वृद्धि भएपछि नेपाल सरकारले सर्वसाधारण र विभिन्न निकायहरूलाई सचेत रहन आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले एक विशेष एडभाइजरी जारी गर्दै यस प्रकारको साइबर हमलाबाट बच्न र हुन सक्ने ठूलो क्षति न्यूनीकरण गर्न सावधानी अपनाउन आह्वान […]
भक्तपुरमा ग्रान्ड ब्यूटी एन्ड बिजनेस एक्स्पो हुने
भक्तपुर । भक्तपुरमा “ग्रान्ड ब्यूटी एन्ड बिजनेस एक्स्पो २०८३” आयोजना हुने भएको छ ।आगामी जेठ १२ र १३ गते एक्स्पो आयोजना हुने भएको हो। युथ इको नेपालको आयोजनामा हुने एक्स्पोमा गठ्ठाघरस्थित जर्मन होम्सले सहकार्य गर्ने सहमति जनाएको छ । युथ इको नेपालका अध्यक्ष आकाश गजुरेल र जर्मन होम्स होटलका प्रमुख कार्यकारी अधिकृत राजन कार्कीले एक्स्पो […]
मन्त्रालय संख्या घटाउनेबारे प्रदेश मुख्यमन्त्रीहरूसँग छलफल गर्दै कांग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज प्रदेशका आफ्नो पार्टीका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछ । दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु हुनेछ । छलफलमा सात प्रदेशकै पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू पनि सहभागी हुनेछन् । प्रदेशको मन्त्रालय संख्या घटाउने र सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल हुने बताइएको छ । कांग्रेसले मधेस, बागमती, गण्डकी, […]
बोका चोर प्रहरी फन्दामा
रौतहट । किसानले घरमा पालेको बोका चोर्ने एक युवक पक्राउ गरेको परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका– ६ का २७ वर्षीय विक्रम ठाकुर रहेका छन्। चन्द्रपुर नगरपालिका–५ का एक किसानको घरबाट गए राति सवा ८ बजेतिर चोरी भएको बोकासहित ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना : दुई जनाको मृत्यु, ५ घाइते
हेटौँडा । मकवानपुरको छुट्टाछुट्टै स्थानमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। हेटौंडाबाट फुर्केचौरतर्फ आउँदै गरेको ना३९प ३७५ नम्बरको […]











