कर्णाली र सुपबाहेकमा आज वर्षा

काठमाडौं, ४ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भू-भाग, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया […]

घिमिरेको नेतृत्वमा निर्यात व्यवसायी महासंघ नेपाल

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भई आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनबाट गोविन्द प्रसाद घिमिरे महासंघको अध्यक्षमा निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा देवानन्द सरावगी, वस्तुगत उपाध्यक्षमा किरण कुमार डंगोल, एसोसिएट उपाध्यक्षमा शान्ता बास्कोटा निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा शिव प्रसाद भट्ट, […]

अब वाइसीएल गेटमा मात्र बस्दैन, संंसद भवन पस्छ : इन्चार्ज दीपशिखा

भक्तपुर । नेकपा(माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग, नेपाल(वाइसीएल, नेपाल) का इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले अब वाइसीएल पार्टी कार्यक्रमको गेटपाले नबन्ने बताएका छन् । शनिबार वाइसीएलको भक्तपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै इन्चार्ज दीपशिखाले वाइसीएलले हरेक ठाँउमा जिम्मेवारी पाउनुपर्ने प्रष्ट पारे । “अब वाइसीएल गेटपाले होइन, संंसद भित्र सांसद भएर पस्ने ल्याकत राख्छ ।” […]

ऋषिहरूको तपोभूमि ‘ऋषेश्वर क्षेत्र’ विकास समिति’ अध्यक्षमा लामा

मकवानपुर । थाहा नगरपालिका क्षेत्रभित्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गठित ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्षमा बिनोद लामालाई नियुक्त गरिएको छ। थाहा नगरपालिका क्षेत्रको ऐतिहासिक, धार्मिक सम्पदा एवं सांस्कृतिक क्षेत्र व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८१ को परिच्छेद ३, दफा २ (क) अनुसार नगर प्रमुखले समितिको अध्यक्ष तोक्न सक्ने व्यवस्था रहेको छ। यही प्रावधानअनुसार […]

भक्तपुरको लिटल वर्ल्डमा मतदानमार्फत विद्यार्थी प्रतिनिधि निर्वाचित

little world english school Bhaktapur

भक्तपुर । भक्तपुरको भक्तपुर-१ दुधपाटीस्थित लिटल वर्ल्ड इङ्लिस् स्कूलले मतदानमार्फत विद्यार्थी प्रतिनिधि निर्वाचित गरेको छ । विद्यार्थीलाई निर्वाचन प्रक्रियाबारे जानकारी दिनुकासाथै प्रतिनिधि छनौटको अभ्यासमा समेत सामेल गराउँदै शुक्रवार निर्वाचन सम्पन्न भएको हो । मतदानमा विद्यालयका कक्षा ४ देखि १० सम्म अध्ययनरत २ सय ६८ मतदाता रहेका थिए । शुक्रवार विद्यालय प्रांगणमा सम्पन्न मतदानमा ९० प्रतिसत […]

भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टले आईपिओ जारी गर्ने

भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ स्थित डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालिले आफ्नो स्वामित्वलाई पब्लिक गर्ने तयारी गरेको छ । रिसोर्टलाई प्रालिबाट पब्लिक कम्पनी बनाउन र आईपिओ जारी गर्न तयारी गरिएको हो । त्यसका लागि रिसोर्ट र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म […]

टेरामक्समा परे पूर्वमन्त्री बस्नेत, सांसद पद निलम्बित

काठमाडौं, १ जेठ ।प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत स्वत: निलम्बनमा परेका छन । भ्रष्टाचार मुद्दा  दायर भएसंगै उनको सांसद पद निलम्बित भएको हो । नेपाली कांग्रेसका उम्मेदवार रही सिन्धुपाल्चोक-२ बाट निर्वाचित बस्नेतबिरूद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बिहीबार विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरिएको छ । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद […]

भरतपुरमा राईनो पार्क र चिडियाखाना शिलान्यास

चितवन, १ जेठ। भरतपुर महानगरपालिका–१२ स्थित गोन्द्राङको रामबेल सामुदायिक वन क्षेत्रमा राईनो पार्क तथा चिडियाखाना निर्माण कार्यको शिलान्यास गरिएको छ। महानगरपालिकाको विशेष परियोजनाअन्तर्गत ८ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको सो संरचनाको बिहीबार महानगर प्रमुख रेनु दाहालले औपचारिक रूपमा शिलान्यास गरेकी छन् । महानगरले चिडियाखानाभित्र संरक्षित बन्यजन्तुको अवलोकन, जानकारीमूलक केन्द्र, रमणीय बगैँचा तथा बालमैत्री पूर्वाधार निर्माण […]

भरतपुर महानगरपालिका र मुड्केचुला गाउँपालिकाबिच भगिनी सम्बन्ध

दिर्घबहादुर शाही, डोल्पा । बागमती प्रदेशको सुगम चितवनको भरतपुर महानगरपालिका र कर्णाली प्रदेश अन्तर्गतको विकट हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाबीच औपचारिक रूपमा भगिनी सम्बन्ध स्थापना गरिएको छ। बुधबार भरतपुर महानगरमा आयोजित एक विशेष समारोहका बीच दुई स्थानीय तहबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तथा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले […]

असन मखनटोलमा लागेको आगो नियन्त्रणमा, एक जनाको निधन

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ असनको मखनटोलमा लागेको लागो नियन्त्रणमा आएको छ । आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको  जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो । आगो नियन्त्रणमा काठमाडौ र ललितपुर महानगरका बारुण यन्त्र प्रयोग भएका थिए भने तीनै सुरक्षा निकाय र स्थानीयको सक्रियता रहेको थियो । प्रहरीका अनुसार स्थानीय दयाराम श्रेष्ठको चारतले घरमा ग्यास […]