भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त आदेश जारी गर्दै कोरोना भाइरसको संक्रमण भएको व्यक्ति उपचार नपाएर मर्ने अवस्था आउन नदिनका लागि कोभिडको उपचार हुने भनिएको कुनै पनि अस्पतालमा सघन उपचार कक्ष तथा भेन्टिलेटरको […]

कोरोना संक्रमितलाइ औषधि उपचारको ब्यबस्था सुनिचित गर्न सर्वोच्चको आदेश

कोराना संक्रमित बिरामीलाइ अक्सिजन, आधारभूत औषधि वा अस्पतालमा शय्या सहित उपचार नपाउने अवस्थाको अन्त्य गर्न सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गरेको छ । अधिवक्ता मनीषकुमार श्रेष्ठले दायर गरेको रिटमा सुवे गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले निवेदकले दाएर गरेको माग बमोजिम आदेश जारी गर्न पर्ने नपर्नेबारे १५ दिनभित्र लिखित जवाफ सहित पेश गर्न समेत […]

बिरामीलाई अक्सिजन ल्याउन लगाउने अस्पताललाइ कारवाही गरिने

काठमाडौं। अस्पतालले बिरामीका आफन्तलाई नै अक्सिजन लिएर आउन आग्रह गरेको खबर बाहिरिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस बिषयमा ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै निजि सरकारी कुनै पनि अस्पतालले बिरामीको आफन्तलाई नै अक्सिजन ल्याउन लगाएको पाइए कारबाही गर्ने जनाएको छ।  सूचनामा भनिएको छ, ‘केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए […]

काठमाडौँमा पीसीआर परीक्षण गर्ने ७० प्रतिशतमा संक्रमण

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र […]

पुरानै अनुहार दोहोर्‍याउँदै मन्त्रिपरिषद गठन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै अनुहारलाई दोहोर्‍याउँदै मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । ओलीसँगै उनको मन्त्रिपरिषदका सदस्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । दोहोरिएका […]

गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गुरुङले लिए शपथ

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनियताको शपथ गराएकी हुन् । बैशाख २६ गतेको राजीनामापछि प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र बहुमतका आधारमा नाम पेश गर्न दलहरुलाई समयसीमा दिएकी थिइन् । अन्तिम समयसम्म पनि […]

कोरोना संक्रमणबाट प्रदेशसभा सदस्य चौलागाईको निधन

काठमाडौं । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ । मंगलबार एकैदिन कोरोना संक्रमणबाट थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमवार मात्र कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २२५ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले सीसीएमसी, नेपाली सेनाद्वारा […]

कोरोना संक्रमणबाट एकैदिनमा अहिलेसम्मकै धेरै १३९ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकैदिन १३९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने मध्ये यो संख्या अहिलेसम्मकै ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् […]

ढल्यो ओलीको सरकार, विश्वासको मत लिने प्रयास असफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । ओलीले संसदमा विश्वासको मत पाएनन्। जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावमा कतै मत दिन्न भन्नेमा १५ मत परेको […]