भोटेकोशी नदीमा बगेर युवक बेपत्ता

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका–८ दुलालेश्वर मन्दिर नजिकै भोटेकोशी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा भुम्लु गाउँपालिका–१, रिठ्ठे बस्ने २३ वर्षीय महेश दर्जी रहेका छन्। उनलाई आज बिहान ११:१५ बजेतिर नदीले बगाएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी दोलालघाटबाट प्रहरी नायब निरीक्षक (प्र.ब.ना.नि.) सुनकाजी तामाङको कमाण्डमा चार जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मीन बहादुर घलेले जानकारी दिएका छन् ।

हाल प्रहरी टोलीले खोजतलास कार्यलाई तीव्र पारेको छ। घटनास्थल प्रहरी चौकी दोलालघाटबाट करिब ५ सय मिटर पश्चिमतर्फ पर्ने प्रहरीले जनाएको छ।