काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ असनको मखनटोलमा लागेको लागो नियन्त्रणमा आएको छ । आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो । आगो नियन्त्रणमा काठमाडौ र ललितपुर महानगरका बारुण यन्त्र प्रयोग भएका थिए भने तीनै सुरक्षा निकाय र स्थानीयको सक्रियता रहेको थियो । प्रहरीका अनुसार स्थानीय दयाराम श्रेष्ठको चारतले घरमा ग्यास […]
मुख्य विशेष
डोल्पामा रेडपाण्डा जोगाउन वनमाथिको निर्भरता घटाउने प्रयास
दिर्घ बहादुर शाही, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकामा हरित जीवनशैली प्रवर्द्धन र जैविक विविधता संरक्षणलाई लक्षित गर्दै प्लास्टिक त्रिपाल र सागसब्जीका बीउ वितरण गरिएको छ। रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग र महिला तथा दलित जाति उत्थान मञ्चको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमअन्तर्गत सामुदायिक वन संरक्षणमा सक्रिय १२ जना अभिभावकलाई प्लास्टिक त्रिपाल वितरण गरिएको छ। […]
रोशीले रोकेको बिपी हाइवे सुचारु
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी-१२ माम्तिमा रोशी खोलाले डाइभर्सन बगाउँदा सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग सुचारु भएको छ । रोशी खोलामा आएको बाढीले राजमार्गमा डाइभर्सन बगाउँदा गएराति करिब ९ बजेदेखि नै यातायात अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय, मंगलटारले सडक बिभाग, प्रहरी, स्थानीय तह र सरोकारवाला निकायहरूको सहकार्यमा राजमार्ग खुलाउन सफल भएको बताएको छ। […]
लुगा किनिदिने प्रलोभन देखाइ भारत पुर्याएर देहब्यापार
न्यूजकारखाना, पर्सा । नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेकी छिन्। उनलाई वैशाख २७ गते पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। मिश्रका अनुसार वैशाख २१ गते ती नाबालिकालाई नयाँ कपडा किनिदिने बहानामा […]
तीनै तहका सरकारलाई प्रेस सेन्टरले एकैदिन दियो ज्ञापनपत्र
काठमाडौं । प्रेस सेन्टर नेपालले आज एकैपटक सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ। पत्रकारको हत्यारामाथि कारबाही, पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको भौतिक तथा पेशागत सुरक्षालगायतका मुद्दा समेटिएको सो ज्ञापनपत्र देशभरका सरकार र सम्बन्धित निकायहरूलाई बुझाइएको हो। केन्द्रीय समिति अध्यक्ष कमल गिरीको नेतृत्वमा आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ तथा […]
अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्छ : प्रचण्ड
धरान । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरानमा आयोजित किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त सम्मेलनमा सहभागी हुन पुगे। त्यहाँ उनले अहिलेको निर्वाचन प्रणाली जनताको नभई धनी र शक्तिशालीहरुको पक्षमा रहेको भन्दै संविधान संशोधनको खाँचो औंल्याए। प्रचण्डले राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली आवश्यक भएको बताए। संविधान संशोधन गरेर […]
भक्तपुरमा करिब ७२ लाख बराबरको अवैध कपडा र धाराका पार्टपुर्जा बरामद
भक्तपुर । भक्तपुर प्रहरीले करिब ७२ लाख बराबरको अवैध कपडा र धाराका पार्टपुर्जा बरामद गरेको छ । भक्तपुरको सूर्यविनायक-८ जगाती स्थित अरनिको हाइवेको चेकप्वाइन्टमा चेकजाँच गर्दा साँगाबाट भक्तपुरतर्फ आईरहेको बा. ४ ख. ७६० नम्बरको सेतो रंगको ट्रकबाट आइतबार बिहान करिब १० बजेको समयमा सो कपडा र धाराका पार्टपुर्जा बरामद भएको हो । भन्सार छली गरेर […]
दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सब-इन्जिनियर बिरुद्ध भ्रष्टाचार मुद्दा
भक्तपुर । भक्तपुरको दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सब-इन्जिनियर कुमार पौड्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीबिरुद्ध मुद्दा दायर गरेको हो । २०५१ सालदेखि सरकारी सेवा सुरु गरेका पौड्यालले २०८० सालसम्म पुग्दा, तलब, भत्ता, र कानुनी स्रोतबाट जम्मा २ करोड ५८ लाखको आय […]
मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र उत्तरदक्षिण करिडोर हामीले शुरु गरेका हौं – प्रचण्ड
पाँचथर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न भौगोलिक क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारले सुरु गरेको बताएका छन् । पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै शनिबार उनले सोकुरा बताएका हुन् । भर्खरै सम्पन्न […]
मुड्केचुलामा सरसफाइ सचेतना र्याली
दीर्घ बहादुर शाही, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका–६ मा मौसम परिवर्तनसँगै फैलिन सक्ने संक्रामक रोगहरूबाट बच्न सरसफाइ र्याली आयोजना गरिएको छ। वडा कार्यालयको आयोजनामा भएको र्यालीमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। र्यालीका क्रममा “घरआँगन सफा राखौँ”, “बासी सडेगलेका खानेकुरा बन्द गरौँ”, “साबुन पानीले हात धोऔँ” भन्ने सचेतनामूलक नारा लगाइएको थियो। सरसफाइ अभ्यासलाई व्यवहारमा उतार्न १ […]











