काठमाडौँ । बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला आठ सय रूपैयाँले बढेको हो। आइतबार प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ९६ हजार तीन सय रूपैयाँ पुगेको हो। त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला […]
मुख्य विशेष
भारतीय बिदेश सचिवको ब्यवहारले महेश बस्नेत असन्तुष्ट
भक्तपुर । भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार भएको औपचारिक भेटमा देखाएको व्यवहारलाई लिएर ओली निकट नेता नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले असन्तुष्टि व्यक्त गरेका छन्। मिस्रीले प्रधानमन्त्री ओलीसँग भेटवार्ताको क्रममा “उपरखुट्टी” लगाएर बसेको तस्बिर सार्वजनिक भएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गरेका हुन्। “हाम्रो संस्कृति […]
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७०० र चाँदीको मूल्य ५ रुपैयाँ घटेको हो । जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम […]
कृष्णको अर्जुन बन्न तयार सांसद दुर्लभ थापा
भक्तपुर । भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भगवान श्री कृष्णको चेला अर्जुन जस्तै सत्य, न्याय , धर्म र मानव कल्याणका लागि लड्न तयार रहेको बताएका छन् । शनिबार श्री कृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजित धार्मिक सभालाई सम्बोधन गर्दै उनले भने, “हामी राजनीतिकर्मीहरु अर्जुन बनेर लड्न तयार छौं, हाम्रो अर्जुन दृष्टि […]
हिजो कांग्रेस प्रवेश गरेका फरार अभियुक्त यादव आज निष्कासन
काठमाडौं । हिजोमात्रै सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका देवेन्द्र यादवलाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ । फरार अभियुक्तलाई पार्टी प्रवेश गराएको भन्दै कांग्रेसको आलोचना भएको थियो । लगत्तै, आज मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीबाट निष्कासन गरिएको जानकारी गराएका छन् । यादव सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त हुन् । जारी विज्ञप्तिमा भनिएको […]
चाँगुनारायणमा ‘एभोकाडो सिटी’ अभियानले राष्ट्रिय संदेश दिएको छ : पूर्वप्रधानमन्त्री प्रचण्ड
भक्तपुर । चाँगुनारायण नगरपालिकामा ‘एभोकाडो सिटी’ अभियानले सामुहिक एकताको राष्ट्रिय संदेश दिएको पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शुक्रवार चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियानको तीन वर्षे घोषित कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले नागरिकस्तरबाट पनि ठुला अभियान सफल पार्न सकिन्छ भन्ने उदाहरण अभियानले प्रस्तुत […]
अङ्ग दानप्रति भ्रम र नीति नियम खुकुलो नहुँदा अङ्गदानमा २० प्रतिसत मात्र उपलब्धि
भक्तपुर । नेपालमा मिर्गौला, कलेजो लगायतका जीवनरक्षक अङ्गले काम नगर्ने अवस्थाका बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ, तर उपलब्ध दाताको संख्या आवश्यकताको २० प्रतिशतसम्म पनि पुग्न सकेको छैन। विश्व अङ्गदान दिवसका अवसरमा शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आयोजित विशेष कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समाजमा अङ्ग दान गर्ने मानिस स्वर्ग नजाने भ्रम […]
आफ्नै कार्यालयको प्रगति समिक्षामा प्रधानमन्त्रीको यस्तो निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुुखलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सिंहदरवारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल […]
कृषकको आम्दानीमा सुधार ल्याएको मन्त्री अधिकारीको दावी
ललितपुर । नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माणको प्रतिबद्धता लिएको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एफएओ नेपाल तथा साझेदार संस्थाहरूको संयुक्त आयोजनामा मंगलबार ललितपुरमा आयोजित “पारिवारिक खेती र समावेशी ग्रामीण रूपान्तरण : जलवायु परिवर्तनको सन्दर्भमा दिगो विकासका लागि नवप्रवर्तन” विषयक अन्तर–क्षेत्रीय संवाद कार्यक्रममा […]
सिटिइभिटीका तीन सदस्यलाई मन्त्री पन्तको प्रतिशोधपूर्ण पत्र, मन्त्रीबाटै ऐनको उल्लंघन
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)का तीनजना सदस्यलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बर्खास्तीको पत्र थमाएका छन् । परिषद् अध्यक्षसमेत रहेका मन्त्री पन्तले परिषद्को ऐनका दफाहरूलाई समेत छेडखानी गरी पत्र थमाएपछि प्रतिशोधपूर्ण निर्णय गरेको आरोप लागेको छ । उनले सदस्य विश्वनाथ ओझा, रामकुमार यादव र शैलन्द्रमोहन झालाई बर्खास्तीको पत्र थमाएका हुन्। […]










